Logo
३१ बैशाख २०८१, सोमबार
(June 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाँचतारे होटलमा ड्रग्स पार्टी गरिरहेकी अभिनेत्री नाइरा नेहल शाह पक्राउ !

भारतीय भिनेत्री नाइरा नेहल शाहलाई आफ्नो जन्मदिनमा ड्रग्स पार्टीको आयोजना गर्नु भारी परेको छ  । जहाँ एक पाँचतारे होटलमा नेहल शाह आफ्नो जन्मदिन मनाइरहेकी थिइन् । उनी ड्रग्ससहित पार्टी गरिरहेकी थिइन् ।

भारतको मायानगरी भनिने मुम्बईमा शाहले राखेको पार्टी उत्कर्षमा पुगेका बेला प्रहरीको समूहले अबेर रात होटलमा छापा मार्‍यो । प्रहरीको छापामा अभिनेत्री र उनका साथीलाई पक्राउ गरेको थियो ।

घटना मुम्बईको सान्ताक्रुज प्रहरी थाना इलाकाको हो । प्रहरीले आइतबार-सोमबारको राती होटलमा छापा मारेर यसबारे खुलासा गरेको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार एक प्रहरी अधिकारीले दिएको जानकारी अनुसार अघिल्लो रात करिब ३ बजे एक पाँचतारे होटलमा छापा मारिएको थियो । त्यहाँ बलिउडमा साना भूमिका निभाउने अभिनेत्री र उनका साथीहरुलाई ड्रग्स सेवन गर्दै गरेको अवस्थामा रंगेहात पक्राउ गरिएको छ । सान्ताक्रुज प्रहरीले यसका लागि मुद्दा दर्ता गरेको छ ।

सोमबार यी दुईलाई सान्ताक्रुज प्रहरीले दुबैलाई अदालतमा पेश गराए । त्यहाँ अदालतले दुबैलाई जमानतमा रिहा गरिदिएको छ । प्रहरीले घटनाबारे छानबिन गरिरहेको छ । नाइरा नेहल शाहले दुईवटा तेलुगु फिल्ममा पनि काम गरिसकेकी छिन् ।

प्रहरीका अनुसार अभिनेत्री नेहल शाह होटलको एउटा रुममा चरेसको प्रयोग पनि गरिरहेकी थिइन् । प्रहरीले तत्काल पार्टीमा उपस्थित अभिनेत्री नेहल र उनका साथी आशिक हुसैनलाई पक्राउ गरियो । दुबैले त्यहाँ चरेसको प्रयोग गरिरहेका थिए ।

 

प्रकाशित मिति: Jun 15, 2021

प्रतिक्रिया दिनुहोस्