Logo
३१ बैशाख २०८१, सोमबार
(May 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेता संजय दत्तले पाए युएईको गोल्डन भिषा

बलिउड अभिनेता संजय दत्तका शुभचिन्तकहरु विश्वभर रहेका छन् । संजयदत्तले युएईको गोल्डेन भिषा प्राप्त गरेका छन् ।
जसको जानकारी अभिनेता दत्तले सामाजिक संजालबाट शेयर गरेका हुन् ।

भिषा प्राप्त गरेको खुसी शेयर गर्दै संजयले युएई सरकारलाई धन्यवाद पनि दिएका छन् । संजय दत्त प्रायः सामाजिक सञ्जालमा पोस्ट गरेर फ्यानहरुसँग जोडिदै आएका छन् ।

आज संजय दत्तले ट्विट गर्दै संयुक्त राज्य एमिरेट्स (युएई)को गोल्डेन भिजा पाएको जानकारी दिएका छन् ।

एजेन्सीको अनुसार संजय युएईको गोल्डेन भिजा पाउने बलिउडका पहिलो व्यक्ति हुन् । गोल्डेन भिजा पाएपछि उनले युएईका अधिकारीहरुलाई धन्यवाद दिएका छन् ।

संजयलले आफ्नो युएईको राहदानी सहितको एउटा फोटो र अर्को मेजर जनरल मोहम्मद अल मारीको साथमा भएको तस्वीर शेयर गरेका छन् ।

गोल्डेन भिषा लामो समय बस्न दिइने अनुमति हो । जसको सुरुवात २०१९ मा दुवईको प्रसासकले गरेका थिए । जसको जारी २०२० बाट सुरु गरिएको हो ।

१० वर्ष अवधि रहने यसको मुख्य उद्देश्य प्रतिभाशाली व्यक्तिलाई गल्फ राष्ट्रमा राख्नु रहेको छ । यो भिषा विशेष गरेर पीएचडी होल्डर, डाक्टर, इन्जिनियर्सलगायतलाई दिने गरिन्छ ।

पछिल्लो पटक संजय दत्त फिल्म ’पानीपत’ मा देखा परेका थिए । अब उनी चाँडै केजीएफः च्याप्टर २, शमेरेशा, भुजः द प्राइड अफ इन्डिया र पृथ्वीराजमा देखा पर्दैछन् ।

प्रकाशित मिति: May 27, 2021

प्रतिक्रिया दिनुहोस्