Logo
१ जेष्ठ २०८१, मंगलबार
(May 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेता सलमानले दर्ता गरे मानहानीको मुद्दा

भारतीय अभिनेता सलमान खानले हाले मानहानीको मुद्दा दर्ता गरेका छन् ।

राधेको रिभ्युबाट हैरान बनेका सलमान खानको लिगल टिमले समीक्षक कमाल राशिद खान (केआरके) विरुद्ध मानहानीको मुद्दा दर्ता गराएको छ ।केआरकेले आफैं ट्वीटरमार्फत यसको जानकारी दिएका हुन् । त्यस्तै, अब सलमानको कुनै पनि फिल्मको रिभ्यु नगर्ने घोषणा समेत केआरकेले गरेका छन् । उनले सलमानप्रति आक्रोश व्यक्त गर्दै भनेका छन्,‘तपाईले राम्रो फिल्म बनाउनुपर्ने थियो ।’

केही दिनअघि आफ्नो एक ट्वीटमा केआरकेले राधे फिल्मको जमेर आलोचना गरेका थिए । उनले भनेको थिए, ‘फिल्म राधेमा के खास छ, यो मलाई थाहा नै भएन ।’ उक्त फिल्म दुबईमा हेरेको र फिल्मको पहिलो हाफ हेरेलगत्तै आफुले रिभ्यु गरेको पनि उनले ट्वीटमा उल्लेख गरेका थिए । आफुलाई सलमान खानको टिम मन नपरेको पनि उनले समीक्षाका दौरान बताएका थिए ।

सलमान खानको फिल्म ‘राधे’ ले राम्रो प्रतिक्रिया पाइरहेको छैन । जसकारण सलमान आफैं हैरान छन् । एजेन्सी

 

प्रकाशित मिति: May 27, 2021

प्रतिक्रिया दिनुहोस्