Logo
६ जेष्ठ २०८१, आईतबार
(May 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहारबाट ८ जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्निया राज्यको एक रेलवे स्टेशन नजिक बन्दुकधारीको अन्धाधुन्ध गोलीप्रहारबाट ८ जनाको ज्यान गएको छ ।

क्यालिफोर्नियाको सैन जोसमा रहेको सान्ता क्लारा स्थित रेल यार्डमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी ८ जनाको हत्या गरेको हो ।रेलवे स्टेशन नजिक रहेका रेलवे कर्मचारीहरुको छलफल चलिरहेकै बेला गोली प्रहार भएको बुझिएको छ ।

गोलीकाण्ड गर्नु अघि ती व्यक्तिले आफनो घरमा आगजनी गरेको बुझिएको छ । बन्दुकधारी प्रहरी कारबाहीमा मारिएका छन् । अमेरिकामा यो बर्षमात्रै २ सय ३० वटा गोली काण्डका घटना भएका छन् ।

प्रकाशित मिति: May 27, 2021

प्रतिक्रिया दिनुहोस्