Logo
२४ बैशाख २०८१, सोमबार
(May 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नागरिकता झमेला अन्त्य गर्दै आमाको नामबाट समेत नागरिकता दिने सरकारको निर्णय

संघीय सरकारले संविधानमा भएको परिकल्पना बमोजिम आमाको नागरिकता भएका सन्तानलाई जन्मसिद्ध आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिने निर्णय गरेको छ ।

बिहीवारको मन्त्रिपरिषद् बैठकले आमाको नेपाली नागारिकता भए सन्तानलाई जन्मसिद्ध नागरिकता प्रमाणपत्र दिने निर्णय गरेको हो ।

आमाको नामबाट सन्तानले नागरिकता नपाइरहेको अवस्थामा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता दिने निर्णय गरेको एक मन्त्रीले बताए ।

यसरी नागरिक्ता दिइदा उक्त सन्तानको बुवा मरेको, बेपत्ता रहेको वा सम्बन्धविछेद भएकोको अवस्थामा मात्र लागु हुने उक्त मन्त्रिले बताए ।

त्यस्तै कुनै नेपाली महिलाले विदेशीसँग विवाह गरी सो वैवाहिक सम्बनधमा रहेकाबेला भने उक्त महिलाको सन्तानलाई आमाको नामबाट नागरिक्ता दिइने छैन ।

त्यस्ता कतिपय पीडितले अदालतमा मुद्दा गरेर मात्र जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पाउने गरेका थिए । अन्यथा जिल्ला प्रशासन कार्यालयले नागरिकता दिनबाट वञ्चित गर्ने गरेको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले लामो समयदेखि नागरिकताको समस्या समाधानका लागि विधेयक ल्याउन सरकारसँग माग गर्दै आएको थियो ।

 

प्रकाशित मिति: May 20, 2021

प्रतिक्रिया दिनुहोस्