Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनामुक्त हुन होम आइसोलेशनमा बस्ने संक्रमितले यस्ता औषधि प्रयोग गरौँ !

नेपालमा कोरोना संक्रमण अहिले एकदमै फैलिएको छ । जसमध्ये धेरैजसो होम आइसोलेशनमा छन् । कोरोना संक्रमित बिरामीका लागि अहिले खोप निर्माण भएको छ ।

तर पनि पछिल्लो समयमा कोरोना संक्रमितहरु होम आइसोलेशनमा बस्नेहरु कोठामा सीमित हुँदा कसरी कोरोना मुक्त हुने भन्ने चिन्ताले धेरैजसोलाई सताइरहेको हुन्छ ।

कोरोनाभाइरस विरुद्धको खोप बने पनि सबैको पहुँचमा पुगेको छैन । तसर्थ संक्रमितले लक्षण अनुसारको औषधि सेवन गर्दै आइरहेका छन् ।

होम आइसोलेशन वा आइसोलेसन वार्डमा बस्ने संक्रमितले घरकै भान्सामा पाइने आयुर्वेदिक जडीबुटी सेवन गरेमा रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिने आयुर्वेद तथा वैकल्पिक चिकित्सकले बताउने गरेका छन् ।

यद्यपि, होम आइसोलेशनमा बसेका संक्रमितले भान्सामा पाइने विभिन्न किसिमका जडीबुटीलाई मिलाएर सेवन गरेको खण्डमा रोग प्रतिरोधात्मक क्षमता भने बढाउन सक्ने बताएका छन् ।

एकान्तवास वा आइसोलेशनमा बस्नेहरुले यस्तो जीवनशैली अपनाएका कोरोना संक्रमणमुक्त हुनबाट सहयोग गर्ने छ-

-मनलाई शान्त बताउनु पर्छ । मन शान्त बनाउनका लागि बिहान उठ्ने बित्तिकै प्रणायाम गरौं । लामो सास लिने, जतिसक्दो रोक्ने, त्यसपछि सास फाल्ने क्रम कम्तीमा १५ मिनेट गर्नुपर्छ ।

– प्राणायाम गर्दा म कोरोना मुक्त हुँदैछु/ठिक हुँदैछ । मेरो छाती एकदम ठिक छ भन्दै आफैलाई मोटिभेट गर्ने ।

– कोरोना पोजेटिभ भएकाहरुले दुई घण्टाको अन्तरमा ५ देखि १० मिनेट प्राणायाम गर्नुपर्छ । शरीरमा अक्सिजनको मात्रामा बढाउन पनि प्राणायाम अभ्यासले सहयोग गर्छ । कोभिड मुक्त भएर आइसियू, भेन्टिलेटरबाट निस्किएकाहरुले पनि यो गर्दा राम्रो हुन्छ ।

– झोल कुरा प्रशस्त खाने, दुई लिटरमा पानीमा आधा ग्राम पिपला राख्ने, सुठो, अदुवा, तुलसीका पाँच वटा पातलाई थिचेर पानीमा उमालेपछि पिउने ।

– १ लिटर पानीमा ३/४ वटा पुदिना र तुलसीको पात र ३ देखि ५ ग्राम बेसार हालेर उमालेर त्यसको बाफ ५ देखि १० मिनेटसम्म दिनको एक वा दुई पटकसम्म लिने ।

– मनतातो पानीमा नून हालेर दिनको ४ देखि ६ पटकसम्म कुल्ला गर्ने ।

– अहिलेको अवस्थामा कुनै पनि फलफुल प्रशस्तमात्रामा खाने, भिटाभिन सी प्राप्त गर्नका लागि अमला सेवन गर्ने, कागती निचोरेर पानी राखेर नियमित रुपमा पिउने ।

– मुगको दाल बनाएर प्रशस्त मात्रामा सेवन गर्ने । दाल, भात, तरकारी खाने तर, भातभन्दा बढी गहुँको रोटीलाई खानामा समावेस गर्ने ।

– सुख्खा खोकी वा घाँटी खसखस भएको खण्डमा १ ग्राम ल्वाङ्गको धूलोलाई मह वा मिश्रीसँग मिसाएर २ देखि ३ पटक सेवन गर्ने ।

– यष्टीमुध चूर्ण १ चम्चा ९२ दुई देखि ४० ग्राम मनतातो पानीसँग दिनको दुई पटक सेवन गर्ने ।

– चित्रक हरितकी १ चम्चा ९३ देखि ६० ग्राम बिहान बेलुका मनतातो पानी वा मनतातो दूधसँग सेवन गर्ने ।

– महासुदर्शन चूर्ण ९३ देखि ६० ग्राम वा काढा पकाएर ४० एमएल बिहान बेलुका, बिशेष गरेर ज्वरो आएकोमा पिउने ।

प्रकाशित मिति: May 10, 2021

प्रतिक्रिया दिनुहोस्