Logo
४ बैशाख २०८१, मंगलबार
(August 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हृदयरोग, जण्डिस जस्ता अनेकौं रोगलाई निको पार्ने असुरोका जान्नुहोस् थप फाइदाहरु

अहिलेको बर्तमान समयमा मानिस एलोपैथी ( चिकित्सा) उपचार मात्र नभइ आयुर्वेदीक उपचारतर्फ पनि लागेका छन् ।

खास गरेर अहिलेको विश्वमहामारी फैलिएको कोरोना भाइरसको उपचारमा त झनै आयुर्वेदीक उपचार पद्धति नै अगालेको पाइन्छ ।

किनभने यसको अझै भरपर्दो औषधी बनिसकेको छैन । रुसले कोरोना खोप उत्पादन गरिसकेको छ भने चाइनाको खोप ,बेलायतको खोप परिक्षणकालमै छन् त्यस्तै अरु थुपै विकशित देशले कोरोनाको औषधी बनाउनमा लागि परेका छन् ।

तर पनि अझै भनेको जस्तो सफलता हातपार्न सकेका छैन् । यस्तो अवस्थामा हाम्रो जस्तो गरीबी देशमा आयुर्वेदीक औषधिको ठुलो महत्व दिने गर्दछ ।

आज हामी तपाइसामु असुरोको फाइदा र कसरी यसलाई औषधीकोरुपमा प्रयोग गर्न सकिन्छ भनेर हामीले चर्चा गर्दै छौ ।

असुरो भन्ने नाम त हामीसबैले सुनेकै हौला । यो वनस्पति नेपालमा १२०० मिटर सम्मको उचाइमा विशेष गरेर बाटा , धाराको छेउछाउ र बन जंगलको किनाराको खुल्ला क्षेत्रमा पाइन्छ ।

औषधीय गुण भएको बुट्यान वर्गमा पर्ने वनस्पति हो । यसको बुटा सामान्यतया १देखि२.५ मिटर सम्म अग्लो हुन्छ। यसको पातको लम्बाई २० सेन्टिमिटर र चौडाई ७.५ सम्म हुने गर्छ ।

यसको पातको आकार अण्डाकृत देखि भालाकृत हुन्छ। यसको पातको टुप्पा चोसो परेको हुन्छ भन किनारा धारिलो हुन्छ , दाँती परेको वा छिया छिया परेको हुँदैन। यसको फूलहरू एउटै डाँठमा गुच्चमुच्च हुन्छन् भने फूलको रंग सेतोमा प्याजी नसाका धर्का देखिन्छ।

फूलको धोक्रो भित्रबाट पुंकेशर स्त्रीकेशर बाहिर निक्लेको हुन्छ। अरु सामान्य फूलहरूमा झैं असुरोका फूलहरू पनि प्रजनन का दुवै अंग भाले तथा पोथी एउटै फूलमा पाइन्छ।

विरुवाको खासगरि प्रयोगमा आउने भाग पात हो।यसको पात तीतो हुन्छ। यो विरुवा वर्षै भरि हरियो हुने हुनाले यसको पात बराबर संकलन गर्न सकिन्छ , तर फूल फूल्नु अघि संकलन गरेका पात बढी उपयोगी हुन्छ ।

असुरोलाई आउँ तथा मासी परेको बेलामा मिश्रीसँग मिलाएर खाँदा फाइदा गर्छ ।पात वा फूलको रस १० मिली र सुपको रूपमा ४० देखि ८० मिलि प्रयोग गर्न सकिन्छ ।

त्यस्तै धेरै दिनदेखि आएको ज्वरोमा चिराइतो कुट्की र पिपलासँग मिलाएर यसको प्रयोग गर्न सकिन्छ । यसको पात र जरा विशेष गरेर खोकी थाम्ने औषधीहरूमा प्रयोग गरिन्छ ।

आयुर्वेदअनुसार रुघा, खोकी, दम, बाथ, ज्वरो, पिसाव पोलेमा, पित्तथैलीमा गडबडी, हृदयरोग, जण्डिस, नाक र मुखबाट रगत आउने, रक्त बिकार, पेटमा जुका परेमा, छातीको रोग, क्षयरोग, ब्रोङकाइटिस, जोर्नी दुखेमा र सुन्निएमा, घाँटी दुखेमा, आँखा पोलेमा, जीउ र काँखी गन्हाएमा यसको पातबाट काढा पकाएर सेवन गरिन्छ ।

चर्मरोगमा पनि यसको पातको लेदो बनाएर लगाउदा निको हुने गर्दछ । शरीरमा रक्त प्रवाह बढाउन लागि यसको फूलको सेवन गर्न सकिन्छ ।

आयुर्वेदिक प्रणाली अनुसार यो विरुवा घाँटी दुख्ने , महारोग , हृदयरोग ,दम , ज्वरो पाण्डुरोग , कमलपित्त इत्यादिमा प्रयोग गरिन्छ।

यसको पात र जरा विशेष गरेर खोकी थाम्ने औषधीहरूमा प्रयोग गरिन्छ। असुरोबाट जैविक बिषादी र हरियो मल पनि बनाउने गरिन्छ ।

असुरोको पानी खेतिमा प्रयोग गर्यो भने अनाबश्यक किराहरु लाग्नबाट खेतीलाई बचाउने गर्दछ ।

नोट : यो औषधि सेवन गर्दा प्रेशर र सुगर चेक गर्नुपर्नेछ । (पत्रपत्रिका सहयोगमा)

प्रकाशित मिति: Aug 25, 2020

प्रतिक्रिया दिनुहोस्