Logo
१३ बैशाख २०८१, बिहीबार
(June 7, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नारायण घिमिरेद्वारा लिखित“नेपाली रैथाने जडीबुटी” पुस्तक सार्वजनिक

काठमाडौँ : डेढ दशकदेखि क्यानडामा खाद्य तथा औषधिविज्ञका रुपमा कार्यरत नारायण घिमिरेद्वारा लिखित ‘नेपाली रैथाने जडिबुटी’ पुस्तक सार्वजनिक भएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले उक्त पुस्तकको विमोचन गर्नुभयो ।

पुस्तकमा तितेपाती, धुर्सेली, खिर्रो, रुद्राक्ष, कुश, टिमुर, दुबो, मोरिङ्गा, सिमललगायत औषधीय गुणले भरिपूर्ण जडिबुटीले मानव स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावका बारेमा उल्लेख गरिएको छ ।

पुस्तकको विमोचन गर्दै पूर्वमन्त्री थापाले प्रचुर सम्भावना भएको जडिबुटीको निर्यात गरेर व्यापार घाटा न्यूनीकरण गर्न सकिने बताउनुभयो ।

“योग, आयुर्वेद, रैथाने ज्ञान र जडिबुटीलाई पर्यटनसँग जोडेर लैजानुपर्छ,” थापाले भन्नुभयो ।

जनस्वास्थ्य अनुसन्धानकर्ता आमोद पोखरेलले पुस्तकले रैथाने जडिबुटीका बारेमा भरपुर जानकारी दिएको बताए । नेपालमा प्राप्त औषधिजन्य जडिबुटीको ‘क्लिनिकल ट्रायल’ गर्नसके नेपालले ठूलो आर्थिक लाभ लिनसक्ने बताए । पुस्तकका लेखक घिमिरेले नेपालको जडिबुटीलाई नेपालमै अनुसन्धान गरेर यही खपत गर्ने नीति लिनुपर्ने र नेपाललाई खाद्य अनुसन्धानको केन्द्र बनाउनुपर्ने बताए ।

तनहुँमा जन्मिएका घिमिरे आयुर्वेदिक औषधिको साइड इफेक्टरहित गुण र एलोपेथिक ओखतीको तत्काल उपचार गर्ने क्षमता पुनः संयोजन गरी चुस्त हर्बल ओखती विकास विषयको शोधकर्तासमेत हुन् ।

वैज्ञानिक र प्रयोगात्मक विकासको अनुसन्धानमार्फत हर्बलको खाद्य र औषधीय गुणको संयोजन गरी हिलिङ फुड निर्माणमा उनले विज्ञता प्राप्त गरेका छन् । घिमिरेको गाँजा, हर्बल र ‘हिलिङ-फुड’को प्रभावसम्बन्धी विभिन्न अनुसन्धनात्मक शोध प्रकाशित छन् ।

प्रकाशित मिति: Jun 7, 2022

प्रतिक्रिया दिनुहोस्