Logo
६ बैशाख २०८१, बिहीबार
(November 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यष्टीमधु र त्रिकटुमा के तल्व पाइन्छ, कसरी खाने? जान्नुहोस् यसका थप फाइदाहरु !

हाम्रो शरीरले कुनै पनि रोगसँग लड्ने क्षमतालाई रोग प्रतिरोधात्मक क्षमता भनिन्छ।हाम्रो शरीरको लागि हितकर खानेकुरा तथा जडीबुटीले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने गर्छ ।

श्वेत रक्तकोषिकाहरु, श्वेत रक्तकोषिकाहरुले उत्पादन गर्ने प्रतिजैविक तत्व अर्थात् एन्टिबडी, शरीरमा रहेका लिम्फ्वाइड तन्तुहरु आदिले रोग प्रतिरोध गर्छन्।

रोग प्रतिरोधात्मक क्षमताको विकास हुन समय लाग्ने हुनाले नियमित रुपमा स्वस्थ र सन्तुलित खानेकुरा, जडिबुटी खाने, नियमित योग, व्यायाम गर्ने गर्नुपर्छ।

अहिलेको बर्तमान समयमा त झन कोरोना भाइसको प्रकोप हाम्रो समाजमा फैलिरहेको छ । त्यसैले हाम्रो रोग प्रतिरोधात्मक शक्ति बढाउन एकदमै देखिन्छ ।

त्यसकारण हामीले आफ्नो स्वास्थ्यको लागि ध्यान दिन एकदमै जरुरत छ । आज हामी तपाईलाई यष्टीमधु र त्रिकटु जडिबुटिको बारेमा जानकारी दिन गइरहेका छौ जसले रोग प्रतिरोधात्मक शक्ति प्रदान गर्छ ।

यष्टीमधु

यष्टीमधुमा गुलियो तत्व र सिफोनिन ग्लाइकोसाइड ग्याइसिराइजिन भन्ने तत्व हुन्छ। यो चिनीभन्दा ३० देखि ५० गुणा बढी गुलियो हुन्छ।

यसलाई सामान्य मात्रामा प्रयोग गर्दा समस्या हुँदैन। धेरै मात्रामा प्रयोग गरे कमजोरी हुने, पोटासियमको मात्रा घट्ने समस्या देखिन सक्छ।

यष्टीमधुको अधिक प्रयोगले ब्लड प्रेसर बढ्ने, थकाइ लाग्ने, महिनावारीमा समस्या आउने, टाउको दुख्ने, सोडियम जम्मा भई जिउ सुन्निने, वान्ता आउन खोज्ने वा वान्ता आउने हुन्छ।

गर्भवती, स्तनपान गराइरहेका आमा, ५ बर्ष मुनिका बच्चा, प्रेसरका विरामी र दीर्घ रोगीले यो यस्टीमधुको आफै प्रयोग गर्नु हुँदैन।

खाने विधिः
१/२ चम्चा ९३ देखि ६ ग्राम० वा अलि अलि कुटेको १ अंगुल एस्टीमधु २ गिलास पानीमा १ गिलास भइन्जेल उमालेर २-३ पटक मनतातो पिउने।

घाँटी बसेको वा दुखेकोमा सानो टुक्रा चुसिराख्न पनि सकिन्छ।

सावधानीः निरन्तर खाने वा दिनमा १२ ग्रामभन्दा बढी खाने गर्नु हुन्न। उच्च रक्तचाप हुनेले र रगतमा पोटासियमको मात्रा बढी हुनेले, मिर्गौलाका समस्या भएकाले नखानु नै उपयुक्त छ।

त्रिकटु

त्रिकटु चुर्णमा सुठो, पिपला र मरिचको बराबर मात्रा रहेको हुन्छ। त्रिकटु मा एल्कालोइड्स, फिनोल, टेनिन, फ्लाभानोइड, स्टेरोइड्स, लिग्निन र सैपोनिन्सजस्ता तत्व हरु रहेका हुन्छन्।

यो कोलेस्टेरोल, मोटोपन, रुघखोकीको उपचारमा प्रयोग गरिन्छ। यसले अलि गर्मी बढाउने गर्छ। यो कलेजो, फियो तथा प्यान्क्रियाजको लागि राम्रो हुन्छ।

खाने विधिः दैनिक गुर्जो र यष्टीमधु चुर्णमा एक जनाको लागि १ ग्रामको दरले त्रिकटु मिसाएर खाँदा रोग प्रतिरोधात्मक क्षमता बढाउन उपयोगी हुन्छ। यसले श्वास प्रश्वास र दममा अति राम्रो काम गर्छ। यसले एलर्जी कम गर्छ।

सावधानीः रगत बग्ने रोग, गर्भावस्था, जिउ पोल्ने, आँखा रातो हुने, कडा ग्यास्ट्राइटिसका बिरामीले त्रिकटु प्रयोग गर्नु हुँदैन। पत्रपत्रिका

प्रकाशित मिति: Nov 3, 2020

प्रतिक्रिया दिनुहोस्