Logo
३१ बैशाख २०८१, सोमबार
(April 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अप्टेरा मोटर्स कोर्पको सोलार पावर्ड इलेक्ट्रिक कार सार्वजनिक, यस्ता छन् विशेषता !

अप्टेरा मोटर्स कोर्पको विशेष प्रविधि सहित फुल चार्जमा १६०० किलोमिटर रेन्ज दिने इलेक्ट्रिक कार सार्वजनिक भएको छ ।

अप्टेरा मोटर्स कोर्पले पहिलो पटक सोलार पावर्ड इलेक्ट्रिक कार लन्च गरेको छ । जसको नाम अप्टेरा प्याराडाइम राखिएको छ । यो थ्री ह्वीलर इलेक्ट्रिक कार हो जसको डिजाइन निकै युनिक बनाइएको छ ।

सो कारले ३.५ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घन्टाको रेन्ज प्रदान गर्छ, साथै सो कारको टप स्पिड १७७ किलोमिटर प्रति घन्टा रहेको छ ।

सो कारमा २०.५ केडब्ल्युएच देखि १००.० केडब्ल्युएचको ब्याट्री जडान गरिएको छ । सो इलेक्ट्रिक कारले फरक फरक मोडलमा १३४ बीएचपी देखि २०१ बीएचपीको पावर जेनेरेट गर्छ । सो कारमा सोलार प्यानल जडान गरिएको छ ।

सो इलेक्ट्रिक कारले एक पटकको फुल चार्जमा १६०० किलोमिटरको रेन्ज प्रदान गर्छ । सो कारको प्रि अर्डर पनि सुरु गरिएको थियो र २४ घन्टामा नै सोल्ड आउट भएको थियो ।

क्यालिफोर्नियाको स्टार्ट अप कम्पनी हम्बल मोटर्सले पनि एसयूभी हम्बल वान तयार पारेको छ । सो कारमा पनि सोलार पावर्ड समावेश गरिएको छ ।

जसको प्रयोगले कारको ब्याट्री चार्ज हुन्छ । हम्बल वानमा ब्याट्री चार्ज गर्नको लागि सोलार रुफ, इलेक्ट्रिसिटी जेनरेटिङ साइड लाइट, पियर टु पियर चार्जिङ, रि जेनरेटिभ ब्रेकिङ र फोल्ड आउट सोलार ऐयर विंग्स समावेश गरिएको छ ।नेपाल अटो

 

प्रकाशित मिति: Apr 21, 2021

प्रतिक्रिया दिनुहोस्