Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउड अभिनेता अर्जुन रामपाल कोरोना संक्रमित

पछिल्लो समयमा भारतमा कोरोना फैलिरहेको अवस्थामा बलिउड अभिनेता अर्जुन रामपाल पनि कोरोना संक्रमित भएका छन् । अर्जुनले सामाजिक संजाल मार्फत संक्रमणको जानकारी दिएका हुन् ।

कोरोना संक्रमित भएपछि अर्जुनले आफुलाई होम क्वारेन्टाइन गरेका छन् । अर्जुनले कोरोना संक्रमणको जानकारी दिँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो कोभिड १९ टेष्ट पोजेटिभ आएको छ । तर मलाई अहिले केही लक्ष्यण देखिएको छैन । मैले आफुलाई घरमै क्वारेन्टाइनमा गरेको छु ।’

‘अहिले हामी सबैका लागि डरलाग्दो समय हो । हामीले सचेत भएर थोरै समयका लागि आफ्नो ख्याल राख्नुपर्छ । यसले अगाडि हामीलाई धेरै फाइदा हुन्छ’ अर्जुनले अगाडि भने, ‘हामी सबै मिलेर कोरोनासँग लड्न सक्छौ ।’

आफु पुरै मेडिकल केयरमा रहेर जरुरी प्रोटोकल पालना गरिरहेको बताएका अर्जुनले १० दिन यता आफ्नो सम्पर्कमा आएकालाई स्वास्थ्यको ख्याल राख्न र सावधान रहन समेत अनुरोध गरेका छन् ।

पछिल्लो समयमा बलिउड बजारमा थुपै कलाकार कोरोना संक्रमित भएका छन् ।अभिनेता अर्जुन अगाडि पनि बलिउडका कलाकार कोरोना संक्रमित भैसकेका छन् ।

भारतमा कोरोनाको पहिलो लहरमा बलिउड बजार त्यति प्रभावित नभए पनि कोरोनाको दोस्रो लहरले बढी प्रभावीत बनाएको छ । अहिले भारतमा दिनकै दुई लाख कोरोना संक्रमित भइरहेको अवस्था छ ।

 

प्रकाशित मिति: Apr 19, 2021

प्रतिक्रिया दिनुहोस्