Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विज्ञापन भएको १२ वर्षपछि खानेपानी संस्थानको नतीजा प्रकाशित

नेपाल खानेपानी संस्थानले स्थायी कर्मचारी नियुक्तिका गरेको विज्ञापनको १२ वर्ष पछि आज रिजल्ट प्रकाशन गरेको छ ।

संस्थानको २०६६ सालमा प्रकाशित विज्ञापन अनुसारको पदमा आज रिजल्ट प्रकाशन भएको हो । २०७७ पुसमा सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित १७४ जनामध्ये योग्यताक्रमको आधारमा छनोट भएकालाई स्थायी नियुक्तिका लागि सिफारिस गरिएको पदपूर्ति समितिले जानकारी दिएको छ।

‘२०६६ सालमा भएको विज्ञापन अनुसार खुला र समावेशीमा प्रशासन सेवा, तह एक, कार्यालय सहयोगी पदको लागि कुल ५६ संख्यामा कर्मचारीको माग भएको थियो। यसमा सबै समावेशी उम्मेदवारहरु माग गरिएको थियो’, आज प्रकाशित सूचनामा भनिएको छ, ‘त्यस समयमा भएको विज्ञापनको लागि अन्तर्वार्ता भने २०७७ पुसमा भएर सोअनुसारको रिजल्ट प्रकाशन भएको हो।’

प्रकाशित मिति: Apr 18, 2021

प्रतिक्रिया दिनुहोस्