Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 28, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली सेनामा विभिन्न प्राविधिक पदका लागि दर्खास्त आह्वान

नेपाली सेनामा विभिन्न प्राविधिक पदका लागि जङ्गी अड्डाले दर्खास्त आह्वान गरेको छ । रिक्त रहेका लेखा उपसेनानी, डाक्टर उपसेनानी, पाइलट उपसेनानीसहित विभिन्न ट्रेडका २९ अधिकृत पदका लागि जङ्गी अड्डाले दर्खास्त आह्वान गरेको हो ।

सबैभन्दा धेरै उपसेनानी एमबिबिएस डाक्टर( ५० जना माग गरिएको छ भने लेखा उपसेनानी ४० जनाका लागि दर्खास्त आह्वान गरिएको छ ।

यस्तै, सैनिक उपचारीका (उपसेनानी) १८ जना र कम्प्युटर प्राविधिक (उपसेनानी) १६ जनालगायत विभिन्न २९ पदका लागि १९४ जना प्राविधिक अधिकृतका लागि विज्ञापन आह्वान गरिएको छ ।

यी सबै पदका लागि अनलाइनबाट फाराम भर्न सकिनेछ । आगामी वैशाख १३ गतेसम्म दर्खास्त दिन सकिनेछ । दोब्बर दस्तुरमा थप एक सातासम्म फाराम भर्न सकिने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: Mar 28, 2022

प्रतिक्रिया दिनुहोस्