Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टेलिभिजनका सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्रीहरु, हेर्नुस् कति छ?

भारतीय टेलिभिजन क्षेत्र अहिलेको बर्तमान समयमा निकै अगाडि बढिसकेको छ ।टेलिभिजन शो तथा वेभ सिरीज बनाउन लगभग एउटा फिल्म बराबरको बजेट खर्च गर्न थालिएको छ ।

टेलिभिजन शो मात्र होइन यसमा काम गर्ने सेलिब्रेटीहरुको पनि अवस्था निकै उच्च रहेको छ । उनीहरुले लिने पारिश्रमिक फिल्मका स्टारको जति नै रहेको छ ।

हामीसबैले सोच्ने गर्छौ की टेलिभिजन अभिनेत्रीहरुले के बलिउड स्टारले जति नै कमाई गर्छन् होला? तर भारतका केही टेलिभिजन अभिनेत्रीहरु छन् जो बलिउड अभिनेत्रीले भन्दा पनि धेरै कमाई गर्छन् । आज हामी तपाईलाई केही अभिनेत्रीहरुको बारेमा जानकारी दिन गइरहेका छौं ।

हिना खान
हिना टेलिभिजन अभिनेत्रीहरुमा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री हुन्टेलिभिजन शो ‘ये रिश्ता क्या कहलाता है’ की अक्षरा अर्थात् हिना खान एक एपिसोडको बराबर २ लाख (भारतीय रुपियाँ) लिने गर्छिन् ।

जेनिफर विङ्गेट

जेनिफर टेलिभिजन अभिनेत्रीहरुमा धेरै पारिश्रमिक लिने अभिनेत्री पर्छिन् । उनी एक एपिसोड गर्नको लागि करिब १.८५ लाख लिने गर्छिन् । साथै उनी अवार्ड कार्यक्रममा आउने रकम दोब्बर हुन्छ ।

दिव्या त्रिपाठी

भारतीय टेलिभिजन क्षेत्रकी दिव्या त्रिपाठी एक दिनको फि १.५ लाख लिने गर्छिन् ।

अंकिता लोखन्डे

‘पवित्र रिश्ता’ धारावाहिककी अभिनेत्री अंकिता लोखन्डेले टेलिभिजनका निकै राम्रो कमाई गरेकी थिइन् । उनी एक एपिसोडको १।५ लाख लिने गर्थिन् ।

सनाया ईरानी

टेलिभिजनकी चर्चित अभिनेत्री ‘गुञ्जन’ अर्थात सनाया ईरानीले एक एपिसोडको पूरा १ लाख लिने गर्छिन् । साथै, उनी लघु चलचित्रमा पनि उत्तिकै कमाई गर्छिन् ।

देबोलिना

टेलिभिजनको दुनियामा ‘गोपी बहु’ को रुपमा चर्चित अभिनेत्री एक एपिसोडको ९०,००० लिने गर्छिन् ।

रश्मि देखाई

टेलिभिजनमा छोरी, बुहारी र श्रीमतीको भूमिकामा निकै चर्चित रश्मिले एक एपिसोडको ८० हजार भन्दा बढी लिने गर्छिन् ।

निया शर्मा

एसियामै ‘सेक्सी अभिनेत्री’को रुपमा चिनिएकी निया शर्माले एक एपिसोडको ७५ हजार देखि ८० हजारसम्म लिने गर्छिन् ।

श्वेता तिवारी

टेलिभिजनमा ‘प्रेरणा’ को नामले चिनिएकी श्वेता तिवारीले एक एपिसोडको ७५ भन्दा बढी पारिश्रमिक लिने गर्छिन् । एजेन्सी

 

प्रकाशित मिति: Apr 18, 2021

प्रतिक्रिया दिनुहोस्