Logo
२६ बैशाख २०८१, बुधबार
(April 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मध्यरातमा प्रदेशसभा अधिवेश अन्त्य भएपछि विपक्षी दलहरू रूष्ट

गण्डकी प्रदेश सरकारले एकाएक संसदको विधान अधिवेशन अन्त्य गरिदिएपछि विपक्षी दलहरू रूष्ट बनेका छन्।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको विपक्षी दलहरूले चलिरहेको संसद अधिवेशन अचानक अन्त्य भएपछि विपक्षी दलहरू रूष्ट बनेका हुन् ।

‘सरकारले जुन आवेश देखायो, यो राजनीतिक बेइमानी भयो, अनैतिक भयो’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले भने, ‘हामी प्रक्रियागत रूपमा अघि बढ्छौं ।’

सरकारविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न बिहीबार नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच छलफलको तयारी थियो। संसद अधिवेशन अन्त्य भएपछि अब कसरी अघि बढ्ने भन्नेबारे छलफल गरेर निष्कर्षमा पुग्ने नेपालीले बताए।

गण्डकी प्रदेशमा मुख्यमन्त्रीबाट गुरूङलाई विस्थापन गरेर कांग्रेसका नेपालीलाई मुख्यमन्त्री बनाउन दलहरूबीच सहमति भएको थियो।

माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले संसदको विशेष अधिवेशन बोलाएर भए पनि अविश्वासको प्रस्ताव दर्ता गर्ने बताए। संविधानको धारा १८३ को उपधारा ३ मा एक चौथाई सांसदले लिखित रुपमा प्रदेश प्रमुखलाई निवेदन दिएमा अधिवेशन आव्हान गर्नुपर्ने प्रावधान छ ।

‘एक चौथाइ सांसदले संसदको विशेष बैठक बोलाउन सक्छ’, चुमानले भने, ‘अहिले एकछिनलाई संसद अन्त्य भए पनि फेरि बैठक त बोलाउनै पर्छ।’

संसदको विशेष अधिवेशन बोलाउने वा जेठमा सुरू हुने बजेट अधिवेशनमा सरकार फेर्ने भन्नेबारे केहीबेरमा बस्ने विपक्षी दलहरूको बैठकले निर्णय गर्ने चुमानले बताए।

प्रकाशित मिति: Apr 15, 2021

प्रतिक्रिया दिनुहोस्