Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुद्रसेन विश्वकर्माको मैथिली गीत ‘लभ करे दे‘ सार्वजनिक (भिडियोसहित)

रुद्रसेन विश्वकर्मा र सोनी कुमारीको यूगल स्वरको ‘लभ करे दे‘ मैथिली गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

नेपाली, मैथिली भोजपुरी, लगायत विभिन्न भाषामा गीत गाएर सांगीतिक क्षेत्रमा स्थापित भएका लोकप्रिय गायक रूद्रसेन विश्वकर्मा मैथिली गीत ‘लभ करे दे’ मार्फत दर्शक तथा स्रोतामाझ आएका छन् ।

गीतका रचनाकार रूद्रसेन विश्वकर्मा हुन् भने रूद्रसेन विश्वकर्माले नै यस गीतलाई संगीतबद्ध गरेका छन् । गीतका संगीत संयोजक भने पारस मणि हुन् ।

रूद्रसेन क्रियसनको प्रस्तुतिमा निर्मात्री नीर कुमारी विश्वकर्मा (सविना) को निर्माण रहेको उक्त मैथिली भिडियोमा मोडल रिचा थापा र प्रदिप कुमार रसाइलीलाई देख्न सकिन्छ ।

भिडियोमा प्रदीप कुमार रसाइलीको निर्देशन रहेको छ । त्यसैगरी नबिन गिरीको छायांकन तथा अमृत चापागाईंको सम्पादन रहेको छ।

भिडियो हेर्नुहोस :

प्रकाशित मिति: Apr 11, 2021

प्रतिक्रिया दिनुहोस्