Logo
३ बैशाख २०७८, शुक्रबार
(April 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायिका मैया खड्काको ‘गर्छु नमस्कार’ गीत सार्वजानिक {भिडियोसहित}

गायिका मैया खड्का र गायक तिलक बस्नेतको आवाजमा ‘गर्छु नमस्कार’ बोलको गीत बजारमा आएको छ । उक्त गीतको म्युजिक भिडियोलाई बले इन्टरटेन्मेण्टबाट सार्वजानिक गरेको हो ।

वान डिबी स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा गायक एंव संगीतकार तिलक बस्नेतको शब्द संगीत र आवाज रहेको छ भने गायिका मैया खड्काको आवाज रहेकोछ ।

चर्चित एरेन्जर सुदिप सागरले संगीत संयोजन गरेको उक्त गीतलाई एचबिएन किस्मतले मिक्सिङ गरेका हुन । ‘गीतमा हामीले सकेसम्म मेहनत गरेका छौ । दर्शकहरुको प्रतिकृया राम्रो आउँछ भन्ने विश्वास छ ।’ गायिका खडकाले भनिन ।

म्युजिक भिडियोको छायाङ्कन भने उत्सव दाहालले गरेका छन । नविन निरौलाले सम्पादन र कलर गरेको भिडियोलाई सुरेन्द्र बसेलले निर्देशन र कोरियोग्राफ गरेका हुन । उक्त म्युजिक भिडियोमा हरिश निरौला “साङ्लो बोरो”,उशा उप्रेती,कमल मनि नेपाल,युग्ज्योती कृयाशिल, बिना राउत,प्रकाश बस्नेत लगायत चर्चित कलाकारहरुको अभिनय रहेको छ ।

हेर्नुहोस् भिडियो

 

प्रकाशित मिति: Apr 2, 2021

प्रतिक्रिया दिनुहोस्