Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जान्नुहोस् : यौन रोग कति प्रकारका हुन्छन् र बच्ने कसरी?

सामान्यतयाँ यौन रोग भन्नाले यौनसम्वन्धी रोगलाई नै यौन रोग भन्निछ । अझ सोझौ अर्थमा गुप्ताअंगमा लाग्ने रोगलाई यौन रोग भनिन्छ ।

नेपालजस्ता अल्पविकशित देशमा कुपोषण तथा वातावरणका कारण यौनरोग धेरै देखिने गर्छन्।यौनरोगका विभिन्न प्रकारका हुन्छन्। यसलाई तीन किसिमले हेर्न सकिन्छ। ढुसी संक्रमण, ब्याक्टेरियाबाट हुने संक्रमण र एचआईभी।

ढुसी संक्रमण यौनक्रियाका कारण नभई गर्भवती भएका बेला खाने औषधि वा अन्य रोगका कारण देखिने समस्या हो। यसमा योनी चिलाउने, गन्हाउने पानी बग्ने, पिसाव गर्दा पाल्नेजस्ता लक्षण देखिन्छन्।

केही महिलामा योनी खुम्चने रोग पनि देखिन्छ। यस्ता रोग यौनसम्पर्कका कारण नभई ब्याक्टेरियाका कारण लाग्छन्। यसले गर्भवती महिलाको बच्चा समयभन्दा चाँडो जन्मने हुन्छ। यस्तै, महिलामा देखिने अर्को यौनजन्य समस्या ट्राइकोमोनासिस हो। यसलाई खतरा नमानिए पनि यौनी चिलाएर हैरान पार्छ।

यो यौन सम्पर्कका कारण सर्ने रोग हो। पिसाब गर्दा पोल्ने, योनी धेरै चिलाउने, गन्हाउने पानी बग्ने, योनी र त्यसको वरपर रातो हुने यसका लक्ष्यण हुन्। एचआईभी, धातुरोग र भिरिङ्गी गम्भीर खालका यौनरोग हुन्। धातुरोग र भिरिङ्गीको समयमै उपचार नगरे यसले बाँझोपना निम्त्याउन सक्छ।

यसमा संक्रमित व्यक्तिसँग यौन सम्पर्क राखेको दुई देखि सात दिनभित्र लक्ष्यण देखिन थाल्छ। योनी चिलाउने, गन्हाउने पानी बग्ने, पिसाब गर्दा पोल्ने, तल्लो पेट दुख्ने, कसैकसैलाई ज्वरो आउने, यौन सम्पर्क राख्दा पोल्ने वा रगत आउनेजस्ता लक्ष्यण देखिन्छन् भने केहीलाई त कुनै लक्ष्यण नै देखिँदैन।

यौनी चिलाउने धेरै कारण हुन सक्छ। कसैलाई लुतो वा जुम्राको कारण योनी चिलाउँछ भने कसैलाई साबुन वा स्याम्पूको एलर्जीले पनि यौनी चिलाउँछ। कसैलाई जटिल संक्रमणका कारण पनि यौनी चिलाउने हुँदा समयमै उपचारतर्फ लाग्नुपर्छ।

नेपालमा स्वास्थ्य सेवा र शिक्षाको कमी भएकाले जाँच गराउने आउनेमध्ये ५० प्रतिशतमा यौनरोगको संक्रमण भेटिन्छ। यी रोगीहरूमा पछि गएर निसन्तान हुने, क्यान्सर हुने र लगातार रक्तश्राव हुने गम्भीर समस्या देखिन्छ। त्यसैको समाधान भनेकै नियमित रूपमा योनी परीक्षण गराउनु हो।

महिला वा पुरुष दुवैलाई यौनरोगबाट बचाउन सर्वप्रथम जनचेतना आवश्यक छ। नेपाली समाजमा रहेको रुढीवादी सोच र परम्परा त्याग्न जरुरी छ। एउटै कपडा नछुने भएका बेला पाँचदेखि सात दिनसम्म प्रयोग गर्ने, राम्ररी नसुकेको पेन्टी वा भित्री कपडा प्रयोग गर्नाले ब्याक्टेरियाले योनीमा आक्रमण गर्छ। जसका कारण संक्रमण भई विभिन्न यौनरोग उत्पन्न हुन्छ।

एचआईभीजस्तो डरलाग्दो यौनरोगबाहेक सबै प्रकारका यौनरोगको उपचार सम्भव छ।सम्भव छ भन्दैमा लापरबाही गर्नु भने हँुदैन। सबैभन्दा ठूलो कुरा डर हो। नेपाली समाजमा स्वास्थ्यमा सामान्य गडबडी आए पनि ठूलो रोग हो कि भनेर चिन्ता लिने प्रवृत्ति छ। यही डरका कारण रोग बढ्दै जाने देखिन्छ।

अर्कोतर्फ गम्भीर समस्या नआएसम्म उपचार गराउन नै नजाने मानसिकताले पनि हाबी छ। यौनरोग लाग्नेबित्तिकै क्यान्सर भयो भन्ने डर धेरैले पाल्छन्। यौनरोग लाग्दैमा क्यान्सर हुन्छ भन्ने हुँदैन।

तर रोग लुकाएर ढिला उपचार गर्दा जटिलता थपिन्छ। तसर्थ रोगका कुनै लक्ष्यण देखिए पनि लुकाएर बस्ने वा डराएर आत्तिने गर्नु हुँदैन, तुरुन्त चिकित्सकको सल्लाह लिएर उपचार गर्नेतर्फ लाग्नुपर्दछ। स्वास्थ्य पत्रिका

प्रकाशित मिति: Mar 31, 2021

प्रतिक्रिया दिनुहोस्