Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कंगनाको नयाँ फिल्म ‘थलाइवी’ ट्रेलर र्सावजनिक भएपछि साउथमा प्रशंसा, बलिउडमा सन्नाटा

भारतीय सिने जगती बलिउड अभिनेत्री कंगना रनौतको नयाँ फिल्म ‘थलाइवी’ को ट्रेलर सार्वजनिक भएको छ ।यो फिल्मको ट्रेलर रिलीज भएपछि साउथका चर्चित कलाकारहरुले कंगनाको खुलेर प्रशंसा गरेका छन् ।

कंगनाको यो फिल्म तमिलनाडुकी पूर्व मुख्यमन्त्री दिवंगत जयललिताको जीवनमा आधारित छ ।कंगनाको नयाँ फिल्मको पहिलो लुक्स आएदेखि प्रशंसा गरेका साउथका कलाकारले कंगनाप्रति उच्च सम्मान जनाएका छन् ।

यता, बलिउडमा भने कंगनाको फिल्मको विषयमा कसैले कुनै प्रतिक्रिया जनाएका छन् ।भर्खरै रिलीज भएको अभिनेत्री आलिया भट्टको फिल्म ‘गंगुबाई काठियावाडी’ को टीजरलाई लिएर अभिनेत्री प्रियंका चोपडा, अक्षय कुमार, करण जौहर, वरुण धवन र नितु कपूर जस्ता सेलिब्रेटीले निकै प्रशंसा गरेका छन् ।

तर, कंगनाको विषयमा भने कुनै पनि प्रतिक्रिया जनाएनन् ।पछिल्लो समय सुशान्त राजपुतको मृत्युपछि झनै विवादमा आएकी कंगनाले बलिउडमा थुप्रै पटक विभिन्न विषयमा आवाज उठाएकी छिन् ।

कंगना रनौतले बलिउड उद्योगमा नेपोटिज्मको विषयमा आवाज उठाएपछि बलिउडमा थुप्रै कलाकारहरुले यसको विषयमा विरोध पनि गरेका थिए ।

उनले सीधा आलिया भट्ट लगायतका स्टारका छोराछोरीको विरोध गरेकी थिइन् ।

 

प्रकाशित मिति: Mar 25, 2021

प्रतिक्रिया दिनुहोस्