Logo
१ जेष्ठ २०८१, मंगलबार
(March 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली बजारमा एसयूभी डीएफएसके ग्लोरी आई-अटो बुधबार लन्च हुदैँ

नेपाली बजारमा आगामी बुधबार एसयूभी डीएफएसके ग्लोरी आई-अटो लन्च हुने भएको छ ।

डीएफएसके गाडीको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले नेपालकै पहिलो ७ सिटर इन्टेलिजेन्ट भनिएको एसयूभी ग्लोरी आई-अटो आगामी बुधबार लन्च गर्ने भएको हो ।

ग्लोरी आई-स्मार्टमा १।५ लिटर टर्बो चार्ज्ड पेट्रोल इन्जिन छ, जसले १५० पीएस पावर तथा २२० एनएम टर्क जेनेरेट गर्छ । यो एसयूभी अटोमेटिक गियरबक्समा नेपाल आउने छ । यसको मूल्य ९० लाख हाराहारी पर्ने अनुमान गरिएको छ ।

ग्लोरी आई–अटोमा आईटक नामक भ्वाइस कमान्डको प्रयोग गर्न सकिन्छ । भ्वाइस कमान्डबाटै फोन कल एक्सेस, मिडिया कमान्ड, कार कन्ट्रोल, भ्वाइस नेभिगेसन, कनेक्टिभिटी आदि सञ्चालन गर्न सकिन्छ ।

सिधै भ्वाइस कमान्डबाटै फोन गर्न, उठाउन, कल हिस्ट्री आदि हेर्न सकिन्छ । मिडिया कमान्डबाट म्युजिक बजाउन, सानो ठूलो बनाउन सकिन्छ ।

कार कन्ट्रोलबाट भित्रको क्लाइमेट मिलाउने, विन्डो ग्लास र सनरुफ आदि खोल्ने र बन्द गर्ने आदि कार्य गर्न सकिन्छ । भ्वाइस नेभिगेसनबाट जीपीएस, ब्लुटुथ, वाइफाई आदि खोल्न र बन्द गर्न सकिन्छ । यस्ता एक सय भन्दा बढी कमान्ड भ्वाइसमार्फत दिन सकिने कम्पनीको भनाइ छ ।

गाडीमा अलोय ह्विल, एलईडी लाइट, दुई एक्जस्ट पाइप, प्यानोरामिक सनरुफ र रुफ रेल आदि छन् । त्यसैगरी किलेस इन्ट्री, ओआरभीएम तथा रेन सेन्सिङ अटो वाइपर जस्ता फिचर यसमा पाउन सकिन्छ ।

ग्लोवल एनक्याप क्र्यास टेस्टमा ५ स्टार रेटिङ पाएको यो एसयूभीमा सुरक्षाका लागि अगाडि ४ वटा एयरव्याग र चारै चक्कामा डिस्क ब्रेकको प्रयोग गरिएको छ ।

यसमा भएका अन्य विभिन्न फिचरले गाडीलाई सुरक्षित बनाएको छ । नेपाल अटो

प्रकाशित मिति: Mar 23, 2021

प्रतिक्रिया दिनुहोस्