Logo
३१ बैशाख २०८१, सोमबार
(March 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली बजारमा भित्रियो ‘लिभनिङ’को इलेक्ट्रिक स्कुटर, १५ रुपैयाँमै ८० किलोमिटर गुड्ने

नेपाली बजारमा लिभनिङ इलेक्ट्रिक स्कुटर भित्रीएको छ । लिभनिङका लागि नेपालको आधिकारिक वितरक जम्बो ईको भेहिकलले उक्त इलेक्ट्रिक स्कुटर बजारमा भित्र्याएको हो ।

आइतबार एक समारोहका बीच कम्पनीले औपचारिक रुपमा स्कुटर सार्वजनिकको घोषणा गरेको छ । पहिलो पटक इलेक्ट्रिक स्कुटर बजारमा ल्याएको कम्पनीले लिभनिङ इलेक्ट्रिक स्कुटरहरु मध्यकै उत्कृष्ट भएको दाबी गरेको छ ।

१५ रुपैयाँ बराबरको विद्युत खपत गरेर ८० किलोमिटर गुड्न सक्ने इलेक्ट्रिक स्कुटर नेपाल भित्रिएको छ ।  इलेक्ट्रिक स्कुटर कम्पनी लेभ्निङ (LVNENG) को नेपालको लागि आधिकारिक वितरक जम्बो इको भेइकलले लेभ्निङ ब्रान्डाका एक्स१ (X1) र एस५ (S5) तथा जम्बो ब्रान्डका डी०६ (D06) र एम२० (M20) मोडलका इलेक्ट्रिक स्कुटर नेपाल भित्र्याएको हो ।

स्कुटर सार्वजनिक गर्दै जम्बो ईको भेहिकलका प्रोपाइटर नारायण गौतमले विश्वकै नविन र उच्च टेक्नोलोजिमा निर्मित अधिकतम १२ सय वाटको सामसुङ लिथिलियम ब्याट्रीको प्रयोग भएको बताए ।

यसमा वातावरण अनुसार उज्यालो दिने एलईडी हेडलाइट, रियर एन्ड फ्रन्ट डिस्क ब्रेक, आईपी६५ वाटर प्रुफिङ, ब्लुटुथ, किलेस इन्ट्री, सर्च मोड, सेन्सर कन्ट्रोल्ड सिस्टम आदि छ । यसमा भएको फेलर इन्डिकेसन सिस्टमले स्कुटरको मोटर, ब्रेक र स्पिड कन्ट्रोलरमा समस्या आए डिस्प्लेमा देखाउँछ ।

कम्पनीले एक्स१ स्कुटरको मूल्य २ लाख ६० हजार, एस५ स्कुटरको मूल्य २ लाख ९९ हजार ९९९, डी०६ स्कुटरको मूल्य २ लाख ३५ हजार र एम२० को मूल्य १ लाख ८५ हजार रुपैयाँ तोकेको छ । डबल ब्याट्री राख्न चाहनेले थप ६० हजार रुपैयाँ तिरेर लिन सकिन्छ ।

सुरुवाती चरणमा कम्पनीले काठमाडौं, हेटौंडा, चितवन र बुटवलमा शाखा बिस्तार गरेको छ भने छिटै देशै भरी नेटवर्क बिस्तार गर्ने तयारी गरेको बताएको छ । कम्पनीले बिक्री पछिको सेवाका लागि स्मार्ट होम सेवा एप्लिकेसनबाट आफ्ना ग्राहकलाई १ घण्टा भित्र सेवा दिने तयारी गरेको छ । जसले इलेक्ट्रिक सवारीको बजारीकरणमा सहयोग पुर्‍याउने कम्पनीेले जनाएको छ । नेपाल अटो

प्रकाशित मिति: Mar 21, 2021

प्रतिक्रिया दिनुहोस्