Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्कुल पढ्दादेखि नै ट्विकंल खन्नाको प्रेममा थिए करण जौहर!

भारतीय सिने जगतकी बलिउडका कुशल निर्देशक करण जौहर र अभिनेत्री ट्विकंल खन्ना एउटा विज्ञापनमा यी दुईको सानदार जोडीलाई धेरैले मन पराएका छन् ।

ट्विकंल र करण बालापनदेखि नै नजिकको साथी भएको करणले एक अन्तरवार्तामा बताएका थिए ।ट्विकंल र करण एक अर्कालाई बच्चाबेलादेखि नै चिन्थे ।

विद्यालयमा पढ्दादेखि नै करणले ट्विकंललाई मन पराउँथे । उनले एक अन्तरवार्तामा खन्नासँग विद्यालय पढ्दा नै प्रेम रहेको खुलासा गरेका हुन् ।

उनले आफू विवाहित भएको भए ट्विकंलसँग नै विवाह गर्ने पनि बताएका थिए ।उनले करण स्कुल पढ्दा बारम्बार स्कुलबाट भाग्ने कोसिस गर्ने र एकपटक समातिएको किस्सा पनि सुनाएकी थिइन् ।

यता, खन्नाले पनि करणको बालापनको बारेमा कुराकानी गरेको थिइन् ।करणले ‘कुछ कुछ होता है’ बाट निर्देशनको काम सुरु गरेका हुन् ।

उनले डेब्यु गरेको फिल्ममा खन्नालाई खेलाउन चाहान्थे तर उनले अस्वीकार गरिन् । तर उक्त फिल्मबाट रानी भने सुपरहिट भइन् ।एजेन्सी

प्रकाशित मिति: Mar 18, 2021

प्रतिक्रिया दिनुहोस्