Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा भित्रीयो लुआन ब्रान्डको इलेक्ट्रिक स्कुटर, १ लाख ५४ हजार मूल्य !

पछिल्लो समय नेपाली बजारमा लुआन ब्रान्डको इलेक्ट्रिक स्कुटर भित्रिएको छ ।

जीरो इमिसन राइड नामको संस्थाले आधिकारिक विक्रिताको रुपामा चीनमा निर्मित यो स्कुटरलाई नेपाल भित्राएको हो ।

हाल यसको एउटामात्र मोडल एमएनके ३ उपलब्ध रहेको र निकट भबिष्यमा थप मोडल समेत भित्राउँदै जाने कम्पनीले बताएको छ ।

काठमान्डौको नयाँ बजार, ललितपुरको मंगलबजार र पोखरबाट यसको बिक्री समेत प्रारम्भ भैसकेकोे छ । यो स्कुटरको मुल्य १ लाख ५३ हजार ९ सय ९९ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यो स्कुटर खरिद गर्न चाहन ग्राहकले तत्कालका लागि हेलमेट, फेसशिल्ड र स्कुटर कभर निशुल्क पाउनेछन् भने थप ५ हजार नगद छुटको समेत ब्यवस्था मिलाएको छ ।

यो स्कुटरमा १ हजार ५ सय वाट क्षमताको लिक्विड कुल हव मोटर जडान गरिएको छ । जुन सेग्मेन्टकै पहिलो रहेको दाबी गरिएको छ ।

डिआरएल सहितको एलइडी हेडलाइट दिइएको यस स्कुटरको लुक्स आकर्षक र स्पोर्टी देखिन्छ ।नेपाल अटो

 

प्रकाशित मिति: Mar 18, 2021

प्रतिक्रिया दिनुहोस्