Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केटीएमको २५० सीसी एड्भेन्चर बाइक भोलि नेपालमा लन्च हुँदै

केटीएमको नयाँ बाइक २५० एडभेन्चर नेपाली बजारमा भोलि बिहीबार लन्च हुने भएको छ । नेपालका लागि केटीएमको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले सो बाइक नेपाली बजारमा ल्याउने भएको हो ।

केही दिन पहिले नै मूल्य घोषणा गरेर बुकिङ खुल्ला गरिएको सो बाइकको कम्पनीले आधिकारिक रुपमा नेपाली बजारमा लन्च गर्ने बताएको छ ।

यसको मूल्य ७ लाख ४९ हजार ९ सय रुपैयाँ तोकिएको छ । सो बाइक केटीएस ३९० एड्भेन्चर प्लेटफर्ममा तयार पारिएको हो । अल न्यु केटीएम २५० एड्भेन्चर एक ट्राभल इन्ड्युरो बाइक हो ।

केटीएम २५० एड्भेन्चरको लुक ३९० एड्भेन्चर जस्तो देखिन्छ । यी दुबै बाइकको इन्जिन र रङमा फरक रहेको छ । केटीएम २५० एड्भेन्चर ब्ल्याक र ओरेन्ज कलरमा उपलब्ध हुनेछ ।

सो बाइकमा २४८ सीसी सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन समावेश गरिएको छ । जसले ९००० आरपीएमा ३० एचपी पावर र ७५०० आरपीएममा २४ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड गियरबक्स समावेश गरिएको छ । सो बाइकमा १४.५ लिटर क्षमताको पेट्रोल ट्यांक समावेश गरिएको छ ।

बाइकमा जीपीएस बाकेट, रेडिएटर प्रोटेक्सन ग्रिल, क्र्यास बंग्स, हेडल्याम्प प्रोटेक्सन र ह्यान्डलबार प्याडल साथै एन्टि लक ब्रेकिङ सिस्टम पनि समावेश गरिएको छ ।

बाइकमा ३२० एमएमको फ्रन्ट डिस्क ब्रेक र २३० एनएमको रियर डिस्क ब्रेक समावेश गरिएको छ । सो बाइकलाई कुनै पनि सडकमा सजिलै चलाउन सकिन्छ ।

प्रकाशित मिति: Mar 17, 2021

प्रतिक्रिया दिनुहोस्