Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विवाह नगरी सँगै बस्थे बलिउडका यी कलाकार, तर यसकारण छुट्टिए विवाह नहुँदै !

भारतीय सिने जगत बलिउडमा सम्बन्ध बन्न र बिग्रिन सयम लाग्दैन । बलिउडमा दैनिक नयाँ सम्बन्ध बनेको र सम्बन्ध विग्रिएको समाचार आउने गरेको छ ।

बलिउड फिल्म इन्डस्ट्रीका ठुल्ला स्टार्स होस् या सामान्य मानिस, जोसुकैको लागि पनि सम्बन्ध रहनमा र बिना बाधाअड्चन सम्बन्ध निभाउन मुश्किल हुन्छ। जब सम्बन्धमा समस्या आउँछ तब त्यसको सामना गर्न सक्दैनन् र त्यहीँ सम्बन्ध समाप्त हुनुको कारण बन्छ।

बलिउडमा यस्ता थुप्रै जोडीहरु थिए, जसको सम्बन्धबारे फ्यान्सहरुले निकै चासो लिने गर्थे। ती जोडीले एक कदम अगाडी बढेर लिभइनमा बस्न सुरु गरे।

आजकल मानिसहरु लिभ इन रिलेसनमा दुई कारणले रहन्छन्। पहिलो कारण उनीहरु आफ्नो पार्टनरबारे राम्रोसँग जान्न चाहन्छन्। र अर्को कारण उनीहरुको विवाहमा कुनै रुचि हुँदैन।

आज हामी बलिउडका ती कलाकारहरुका बारेमा बताउँछौँ जो विवाह नगरी एउटै बेडरुममा बसे र दुर्भाग्यवश तिनको सम्बन्ध धेरैसमय टिक्न सकेन र तिनीहरु अलग भए।

जोन अब्राहम र विपाशा बसु :

जोन र विपाशाको जोडीलाई एकताका बलिउडमा सुन्दर जोडी मानिन्थ्यो। यी दुईले आफ्नो सम्बन्धबारे खुलेर कुरा गर्थे र सार्वजनिक स्थानहरुमा पनि रोमान्स गर्न कुनै मौका छोड्दैन्थे। ९ वर्षसम्म एक साथ रहेका यी दुई सम्बन्धमा खटपट आएपछि अलग्गिए । सम्बन्ध टुटेपछि दुवैले एक-अर्काको बारेमा गलत कुराहरु बोलेका पनि थिए। अहिले जोन र बिपाशा दुवैजना आ-आफ्नो पार्टनर्ससँग खुशी छन्।अङ्किता

रणबीर कपूर र कटरीना कैफ :

रणबीर कपूर र कटरीना कैफको जोडीलाई फ्यान्सले अत्यधिक मन पराउँथे। दुवैजना इबिजामा छुट्टी मनाउन जाँदाखेरीको तस्बिर सार्वजनिक भएपछि यिनको सम्बन्धको खुलासा भएको थियो। रणबीर र कटरीना बीच झ्याङ्गिएको सम्बन्धलाई नै दीपिका पादुकोणले आफ्नो र रणबीरबीच ब्रेकअपको कारण भएको बताएकी थिईन्।

भ्याकेसन पछि दुवैजना लिभ इनमा बस्न थालेका थिए। उनीहरुका चालामाला हेर्दा छिट्टै विवाह बन्धनमा बाँधिन सक्ने अनुमान गरिएको थियो। तर अचानक दुवैले छुट्टिने निर्णय गरे र सबैलाई आश्चर्यचकित पारे। यी दुई किन अलग भए अहिलेसम्म कसैले थाहा पाउन सकेका छैनन्। अहिले दुवैजना आ-आफ्नो जिन्दगीमा निकै अगाडी बढिसकेका छन्। छुट्टिएको केही समयसम्म एक-अर्काको दुश्मन बनेका यी दुई अहिले फेरी साथी बनेका छन्।

अभय देओल र प्रीती देसाई :

अभय देओल बलिउडको प्रसिद्द देओल परिवारका हुन्। बलिउडक प्रसिद्द देओल परिवारबाट आएको भए पनि उनको लाइफस्टाइल अरु भन्दा बिल्कुलै फरक छ। उनको परिवारको अभय नै एक हुन्, जसले लिभ इनमा बस्ने जस्तो ठुलो कदम उठाए। दुर्भाग्यवश दुवैजना ४ वर्षसम्म एक साथ बसेपछि अलग्गिए।

अङ्किता लोखण्डे र सुशान्त सिंह राजपूत :

अङ्किता र सुशान्त लगभग ६ वर्षसम्म प्रेम सम्बन्धमा रहेका थिए। सिरियल पवित्र रिश्ताको सेट्सबाट दुवैबीच प्रेम भएको थियो र त्यसको केही समयपछि दुवै लिभ इनमा बस्न थाले। समय बित्दै जाँदा यी दुईको सम्बन्धमा खटपट सुरु भयो र दुवैजना अलग्गिए

लारा दत्ता र केली दोर्जी :

मोडेलिङको क्रममा नजिकिएका यी दुई लगभग ८ वर्षसम्म सँगै बसे। यद्यपि यत्तिको लामोसमयसम्म एक साथ रहेपनि उनीहरुको सम्बन्धमा दरारआयो र सम्बन्ध टुट्यो। त्यसपछि लारा दत्ताको जिन्दगीमा महेश भूपति आए र अहिले लारा उनीसँग खुशी छिन्।

अध्ययन सुमन र मायरा मिश्रा :

हालै मात्रै दिएको अन्तर्वार्तामा मायरा मिश्राले अध्ययन सुमनसँग नोभेम्बर २०२० मा अलग्गिएको खुलासा गरेकी छिन्। दुवैले सन् २०२० को लकडाउनमा आफ्नो सम्बन्धको खुलासा गरेका थिए र सँगै बस्दै आएको बताएका थिए। यद्यपि दुई वर्षपछि यो सम्बन्ध टुट्यो।

विक्रम भट्ट र अमीषा पटेल :

विक्रम भट्ट र अमीषा पटेलको अफेयर लामो समयसम्म चलेको थिएन। छोटो भेटमै नजिकिएका यी दुईले एक साथ बस्ने फैसला गरेका थिए, जुन पछि बेकार साबित भयो। किनकी दुवैजना केही समयमै अलग भए।एजेन्सी

 

 

प्रकाशित मिति: Mar 17, 2021

प्रतिक्रिया दिनुहोस्