Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सीएफमोटोले इलेक्ट्रिक जिहो साइबर स्कुटर लन्च गर्दै

चीनको अटोमोबाइल कम्पनी सीएफमोटोले पनि इलेक्ट्रिक स्कुटर लन्च गर्ने भएको छ ।रिपोर्टका अनुसार कम्पनीले चाँडै नै जिहो साइबर इलेक्ट्रिक स्कुटर लन्च गर्ने भएको छ ।

कम्पनीले सो स्कुटरमा १३.४ बीएचपी पावरको इलेक्ट्रिक मोटर समावेश गरेको छ जसले २१३ एनएमको टर्क जेनेरेट गर्छ । स्कुटरको टप स्पिड २१० किलोमिटर प्रति घन्टा रहेको छ । सो स्कुटर ३ सेकेन्डमा ० देखि ५० किलोमिटरको स्पिड लिने क्षमता रहेको छ ।

कम्पनीले सो स्कुटरमा ४ केडब्ल्युएच क्षमताको लिथियम आयोन ब्याट्री प्रयोग गरेको छ । सो ब्याट्रीले फुल चार्जमा १३० किलोमिटरको रेन्ज प्रदान गर्छ । कम्पनीले सो ब्याट्रीको लाइफ ८ वर्ष वा ३ लाख किलोमिटरको हुने दावी गरेको छ ।

फास्ट चार्जरको मदतले सो ब्याट्री ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । सो इलेक्ट्रिक स्कुटरमा ३ ड्राइभिङ मोड इको, स्ट्रिट र स्पोर्ट मोड दिइएको छ ।

कम्पनीले हालै ३००एनके बाइकको इन्जिन बीएस६ मा अपडेट गरेको थियो । २०२० मा कम्पनीले नयाँ ब्रान्ड जिहो लन्च गरेको थियो । कम्पनीले सो स्कुटरको कन्सेप्ट मोडलमा फ्युचरिस्टिक डिजाइन दिएको छ ।

सो स्कुटरको प्रोडक्सन मोडल कन्सेप्ट मोडल भन्दा फरक हुनेछ ।कम्पनीले आउने समयमा इलेक्ट्रिक स्कुटर किस्का डिजाइनद्वारा डिजाइन गराउनेछ ।

केही दिन पहिला कम्पनीले ६५० सीसी टिओको प्रोडक्शन पुरा गरेको थियो । कम्पनीले यसलाई चाँडै नै लन्च गर्ने भएको छ । सीएफमोटोले हरेक ८ महिनामा नयाँ इलेक्ट्रिक स्कुटर लन्च गर्ने योजना बनाएको छ ।

यसको फ्रन्टमा स्पोर्टी लुक र मसक्युलर लुक समावेश गरिएको छ । स्कुटरको सिट सानो बनाए तापनि २ जना बस्नको लागि पर्याप्त रहेको छ ।नेपालअटो

 

 

प्रकाशित मिति: Mar 16, 2021

प्रतिक्रिया दिनुहोस्