Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केटीएम बाइकको मूल्य बढ्यो, यस्तो छ नयाँ मूल्य सूची !

नेपाली बजारमा केटीएम बाइकको मूल्य बढेको छ ।

नेपालका लागि केटीएम बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले यी बाइकको मूल्यमा वृद्धि गरेको हो ।

नयाँ मूल्य सूची अनुसार सबैभन्दा बढी मूल्य केटीएम २५० ड्युक र ३९० ड्युकमा गरिएको छ । केटीएम २५० ड्युकको मूल्य ६ लाख ५४ हजार ९ सय रुपैयाँबाट ६ लाख ७४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

त्यसैगरी केटीएम ३९० ड्युकको मूल्य ८ लाख ४९ हजार ९ सयबाट ८ लाख ७९ हजार ९ सय रुपैयाँ पुगेको छ । केटीएम २०० ड्युक एबीएस र आरसी २०० को मूल्यमा ५ हजार रुपैयाँले वृद्धि गरिएको छ ।

यी बाइकको मूल्य क्रमशः ५ लाख ४४ हजार ९ सय र ६ लाख १९ हजार ९ सय रुपैयाँ छ ।केटीएम आरसी ३९० को मूल्यमा २५ हजार रुपैयाँले वृद्धि गरी ८ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको छ ।

नेपाली बजारमा केटीएमको सबैभन्दा महंगो बाइक ३९० एड्भेन्चरको मूल्य भने यथावत राखिएको छ । यसको मूल्य ९ लाख ९९ हजार ९९९ रुपैयाँ छ ।

केटीएमको नयाँ बाइक २५० एड्भेन्चर हालै भित्रिएको छ । यसको मूल्य ७ लाख ५० हजार रुपैयाँ तोकिएको छ । यद्यपि यो प्रारम्भिक मूल्य भएको र केही समय पछि यसको समेत मूल्य बढ्ने कम्पनी स्रोतको भनाइ छ ।नयाँ मूल्य सूची चैत १ देखि लागू भएको छ । केटीएम बाइक र तिनको मूल्य सूची यहाँ हेर्न सकिन्छ । नेपाल अटो

 

प्रकाशित मिति: Mar 16, 2021

प्रतिक्रिया दिनुहोस्