Logo
१ जेष्ठ २०८१, मंगलबार
(March 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दीपिका भन्छिन् : ‘फिटनेसको अर्थ शारिरीक बनावटमात्रै होइन, शरीर र आत्मबीच सन्तुलन ल्याउनु हो’

भारतीय सिनेजगतकी अभिनेत्री दीपिका पादुकोण एक सफल नायिकाको सूचीमा पर्छिन् । उनले बलिउडमा कम समयमा धेरै सफलता हासिल गर्न सफल भएकी छन् ।

उनले आफ्नो अभिनयले र्दशको मन जित्न सफल एक भएकी अभिनेत्री हुन् । र्दशकले दीपिकाको अभिनय साथै उनको शारीरिक बनावटलाई पनि खुब मनपराउने गरेका छन् ।

दीपिकाको जन्म (जनवरी १९८६) एक भारतीय अभिनेत्री एवं मोडल हुन्। उनी बलिउड चलचित्र उद्योगकी सबैभन्दा चर्चित अभिनेत्रीहरू मध्ये एक र सर्वाधिक पारिश्रमिक लिने भारतीय महिला अभिनेत्रीमा पर्छिन्।

उनी हेर्दा एकदमै शुन्दर र फिटनेस देखिन्छीन् । भारतीय सञ्चारमाध्यमका अनुसार अभिनेत्री दीपिकाले केवल शारीरिक बनावटलाई मात्रै फिटनेस मान्दिनन् ।

उनको बुझाइ अनुसार फिटनेसको अर्थ मन, शरीर र आत्मबीच सन्तुलन ल्याउनु रहेको छ। उनी भन्छिन्,‘मेरो बुझाईमा फिटनेसको अर्थ शरीरको बनावटभन्दा धेरै हो ।

फिटनेसको अर्थ दिमाग, शरीर र आत्मालाई सन्तुलित गर्नु हो । अर्थात, शारीरिक, मानसिक र भावनात्मक तीनवटै रुपले फिट हुनु हो । यो हरेक दिन राम्रो कुराको चयन गर्ने विषय पनि हो । ताकि, हामी आफैंलाई राम्रो बनाउन सकौं ।’

दीपिका बलिउडका सफल नायिकाको सुचीमा पर्छिन् ।२००६ मा कन्नड फिल्म ‘ऐश्वर्या’ मार्फत उनले अभिनय यात्रा थालेकी थिइन् । अभिनयमा आउनुअघि उनी ब्याडमिन्टन खेलाडी थिइन् ।

२००७ मा प्रदर्शनमा आएको ‘ओम शान्ति ओम’ दीपिकाको पहिलो बलिउड फिल्म हो ।यस फिल्मबाट उनले त्यस वर्ष बलिउडमा डेब्यु अभिनेत्रीको फिल्म फेयर अवार्ड हासिल गरिन् ।

त्यसयता, उनले कक्टेल, ये जवानी हे दिवानी, चेन्नई एक्सप्रेस, ह्याप्पी न्यु इयर, बाजिराव मस्तानी, पद्मावतलगायत सफल फिल्ममा अभिनय गरिसकेकी छिन् । एजेन्सी

प्रकाशित मिति: Mar 16, 2021

प्रतिक्रिया दिनुहोस्