Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेगन मार्कलले सहानुभूतिका लागि जातिवादको खेल खेलेको सिमी ग्रेवालको आरोप

बलिउड अभिनेत्री सिमी ग्रेवालले सहानुभूतिका लागि बेलायती मेगन मार्कलले जातिवादको खेल खेलेको आरोप लगाएकी छिन् ।

मेगनले केहि दिन अगाडि दिएको अन्तरवार्तामा शाही परिवारमाथि आरोप लगाएकी छन् । मेगनले जन्माएको सन्तानलाई राजकुमार बनाउन शाही परिवारलाई अप्ठ्यारो परेको र उनीहरुमा बच्चा जन्मिनुअघि नै कति कालो रंग हुने हो भन्ने विषयमा समेत चर्चा भएको बताएकी थिइन् ।

उनले शाही परिवारमा बसेर भोगेका पीडाका कारण आत्महत्या गर्ने सोच समेत रहेको बताएकी थिइन् ।ह्यारी र मेगनको एक अन्तरवार्तापछि विश्वभर नै यसको विषयमा चर्चा र परिचर्चा चलिरहेको छ ।

उक्त अन्तरवार्ताको विषयलाई लिएर सिमी ग्रेवालले लेखेकी छन्, ‘मलाई मेगनले बोलेका शब्दहरुमा विश्वास नै लागेको छैन । उनले आफूले आफूलाई पीडित भएको झुट बोलेकी छन् । उनले मानिसहरुबाट सहानुभूति पाउनका लागि जातिवादको कार्डको खेल खेलिरहेकी छिन् ।’

 

प्रकाशित मिति: Mar 11, 2021

प्रतिक्रिया दिनुहोस्