Logo
१३ बैशाख २०८१, बिहीबार
(March 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घाँस काटिरहेकी रेनुका सुनारको बाघको आक्रमणबाट मृत्यु

लुम्बिनी प्रदेश स्थित बर्दियामा घासँ काटिरहेकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु भएको छ ।

बर्दियाको मधुवन नगरपालिका-३ सम्झना सामुदायिक वनमा बुधबार घासँ काटिरहेकी रेनुका सुनावरलाई पाटे बाघले आक्रमण गर्दा मृत्यु भएको हो ।
मधुवन- की २९ वर्षीया सुनारलाई घाँस काट्न गएको बेला बाघले झम्टेर लगेको थियो।सशस्त्र प्रहरी बल बिओपी भगरैयाका सशस्त्र प्रहरी

निरीक्षक अस्मिन मगरका अनुसार नेपाल-भारत सीमासँग जोडिएको पिलर नम्बर ८४ र ८५ नम्बरको बीचमा बाघले आक्रमण गर्दा उनको मृत्यु भएको हो।

पछिल्लो समयमा बर्दिया बाघको आक्रमणबाट ज्यान गुमाउनेको संख्या दिनप्रति दिन बढ्दै गएको देखिन्छ । बर्दियामा वाघ आतंक एकदमै बढी रहेको कारण यसलाई नियन्त्रण गर्न सम्बन्धित निकायले बेलैमा ध्यान दिन आवश्य देखिएको छ ।

प्रकाशित मिति: Mar 11, 2021

प्रतिक्रिया दिनुहोस्