Logo
१९ बैशाख २०८१, बुधबार
(February 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिर्गौलाको पत्थरीलाई हटाउन यी घरेलु उपाय अपनाउनुहोस् !

अहिलेको खानपिन तथा हावा पानीको कारण हामीलाई धेरै प्रकारको रोग लाग्ने गर्छ । अहिले धेरै जसो मानिसलाई देखिने समस्या भनेको पत्थरी हो । यो बढी मसेलादार खानाबाट बढी हुने गर्छ ।

यसबाट छुटकरा पाउनको लागि मानिसहरुले अनेक उपायहरु अपनाएका हुन्छन् । तर पनि हामीले रोग लागेर उपचार गर्न भन्दा रोग लाग्न नदिनको लागि उपाय अपनाउन जरुरी हुन्छ ।

यदि मिर्गौलामा पत्थरी लाग्यो भनेपनि घरेलु उपाय अपनाएर कम गर्न सकिन्छ । आज हामी तपाईलाई घरेलु उपचारको बारेमा जानकारी दिन गइरहेका छौ ।

यदि पत्थरीबाट पीडित हुनुहुन्छ भने अनार र कागतीको जुस पिउन सक्नुहुन्छ । यसबाट तपाइको समस्या विस्तारै कम भएर जान्छ ।

कागतीको जुसले मिर्गौलाको पत्थरीरीको उपचार गर्छ ।

कागती जुस
केही ताजा कागती लिनुहोस् । ११० ग्राम कागतीको जुस लिनुस् ।यसमा २ लिटर पानी मिसाउनुस् । र यसलाई मिक्स गरेर थोरै मात्रामा चिनी मिसाउनुस् ।

मिर्गौलाको पत्थरीको दुखाई कम गर्न यो पानी पिउने गर्नुस् ।दिनमा दुई पटक मिर्गौलाको पथ्थरी विस्तारै विस्तारै कम हुन्छ ।
कागतीको जुस, एप्पल साइडर भेनेगर र जैतुनको तेलस् यो एक प्राकृतिक होम रेमेडी हो ।

यसले मिर्गौलाको पत्थरीको समस्या सजिल्यै ठिक गर्न सक्छ । यसले एबडोमिनलको दुखाई कम गर्न पनि यसले मद्दत गर्छ ।

अनारको जुस
मिर्गौलाको पत्थरीका लागि अनारको जुस र दाना पनि प्राकृतिक औषधि हो । यसको लागि अर्गानिक अनारको सेवन गर्नुपर्छ ।

तरबुजाको जुस

यसले पाचन प्रक्रियालाई तन्दुरुस्त बनाउने मात्र होइन मिर्गौलाको पत्थरीलाई पनि ठिक गराउँछ । तरबुजाको जुसमा पोटाशियमको मात्रा भरपुर हुने भएकाले मिर्गौलाको लागि फाइदाजनक मानिन्छ ।

यसले पिसावमा एसिडको मात्रा सन्तुलन राख्छ । यो जुसको सेवनले मिर्गौलाको पत्थरी विस्तारै कम हुँदै जान्छ ।एजेन्सी

 

प्रकाशित मिति: Feb 21, 2021

प्रतिक्रिया दिनुहोस्