Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जान्नुहोस् : यस्ता छन् कालो अंगुर खानुका फाइदा !

अहिलेको बर्तमान समयमा मानिसहरु आफ्नो स्वास्थ्यलाई लिएर निकै सचेत रहेको देखिन्छ तर पनि अहिलेको जलवायु प्रदुषण साथै कृतिम खानेकुरा, विषादीको कारण हाम्रो मानव स्वास्थ्यमा नकरात्मक असर परेको देखिन्छ त्यसकारण पनि मानिसहरुलाई जटिल भन्दा जटिल रोग लागेको छ ।

मानव स्वास्थ्यको लागि फलफूल खाँदा फाइदा पुग्ने गर्छ । जसमध्ये अंगुर खाँदा पनि स्वास्थ्यलाई विभिन्न फाइदा पुर्याउँने चिकित्सकहरु बताउँछन् ।

अंगुरलाई निकै गुणकारी फल मानिन्छ । जुन हामी सबैले खाएकै नै छौ । अंगुर कालो र हरियो दुई रङमा पाइन्छ । अंगुर खादा गुलियो भए पनि यसमा चिनीको मात्रा भने हुँदैन ।

अंगुरमा सबै आवश्यक पोषक तत्त्व जस्तै पानी, सोडियम, पोटेसियम, साइट्रिक एसिड, म्याग्नेसियम र आइरन हुन्छन् ।

हामी तपाईलाई कालो अंगुर खाँदा हुने फाइदा बारे जानकारी दिन गइरहेका छौ ।

यस्तो छ कालो अंगुरको फाइदा-

1. स्मरणशक्ति बढाउँछ
कालो अंगुरको नियमित सेवनले स्मरण शक्ति बढ्छ । कालो अंगुरले दिमागको कार्यक्षमता बढाउँछ ।

2. कोलेस्ट्रोल नियन्त्रण गर्छ
कालो अंगुरमा पाइने साइटोकेमिकल्सले मुटुलाई फाइदा पुर्याउँछ । यसले कोलेस्ट्रोल पनि नियन्त्रण गर्छ ।

3. इन्सुलिन बढाउँछ
कालो अंगुरमा रेसवार्टल नामक पदार्थ पाइन्छ जसले इन्सुलिन बढाउने काम गर्छ ।

4. तौल घटाउन
कालो अंगुर खाँदा तौल कम गर्न पनि मद्दत पुग्छ ।

5. कपाल
कपालसँग जोडिएका समस्याहरुबाट हैरान हुनुहुन्छ भने कालो अंगुर खाने गर्नुपर्छ । यसमा भिटामिन ईको मात्रा भरपुर हुने भएकाले यसले कपाललाई निकै फाइला पुर्याउँछ ।

6.क्यान्सर अंगुरमा भएको पोलीफेनोलिक फाइटोकेमिकलले शरीरलाई क्यान्सरबाट मात्र नभई कोरोनरी मुटुरोग, नसारोग, बिर्सने रोग र फंगल संक्रमणबाट लड्ने क्षमता प्रदान गर्दछ ।

7.अनुहार वा जिउमा आएका फोकालाई सुकाउनका लागि अंगुर सहयोगी हुन्छ । रक्तस्राव शरीरको कुनै भागबाट धेरै रगत बग्यो भने अंगुरको जुस एक गिलास बनाएर दुई चम्चा मह मिसाएर पिउनुअहोस् ।

एजेन्सीको सहयोगमा

 

 

प्रकाशित मिति: Feb 18, 2021

प्रतिक्रिया दिनुहोस्