Logo
३१ बैशाख २०८१, सोमबार
(February 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मलाइकाको सर्ट ड्रेस लगाएको तस्वीर भयो भाइरल !

बलिउड अभिनेत्री मलाइका अरोडा बेलाबेलामा सामाजिक सञ्जालमा चर्चामा आउने गरेकी छन् । उनी कहिले प्रेमको कुरामा त कहिले आफ्नो फोटोको कारण उनी मिडियामा धेरै चर्चामा रहने गरेकी छन् ।

मलाइका अरोरा आफ्ना ब्वाईफ्रेन्ड अर्जुन कपूरसँगको सम्बन्धका कारण पनि चर्चामा रहन्छिन् ।अभिनेत्री मलाइका आफ्नो ग्ल्यामरस अन्दाज र बोल्ड लुकका लागि चिनिन्छिन् ।

यसपटक आफ्ना ब्वाईफ्रेन्ड अर्जुन कपुरसँगको सम्बनधका कारण चर्चामा नभइकिन उनले सामाजिक सञ्जालमा सियर गरेका फोटोको कारण चर्चामा आएकी हुन् । उनले हालसालै पोष्ट गरेको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

यसपटक मलाइकाले एक हट फोटो सुटको तस्बिर साझा गरेकी छिन् । उनको सर्ट ड्रेस लुक भाइरस भएको हो । यस तस्विरलाई फ्यानहरुले निकै मन पराएका छन् ।

मलाइका सोशल मिडियामा निकै सक्रिय रहन्छिन् । यी अभिनेत्री आफ्नो फिटनेशको निकै ख्याल गर्छिन् । पछिल्ला दिन उनले आफ्नो फिटनेस फोटोज र भिडियोहरु शेयर गरिरहेकी छिन् ।

यो फोटोमा मलाइका सेतो सर्ट लगाएर सोफामा बसेको देखिन्छिन् । अभिनेत्रीले सेतो सर्टसँग म्याच हुने सेतो रंगको बुट्स लगाएकी छिन् ।

मलाइकाले आफ्नो इन्स्टाग्राम ह्यान्डलबाट तीनवटा फोटो साझा गरेकी छिन् । मलाइकाले आफ्नी बहिनी अमृता अरोडको जन्मदिनका अवसरमा खिचेका फोटो सार्वज्निक गरेकी हुन् ।

बहिनी अमृताले नै यी फोटो खिचेकी हुन् । दिदी मलाइका र नजिककी साथी करिना कपूरसँग अमृताले ३१ जनवरीमा आफ्नो ४३ औं जन्मदिनको खुसीयाली मनाएकी थिइन् ।

मलाइकाले २०१७ मा अरवाज खानसँग डिभोर्स गरेकी थिइन् । यो जोडीका एक छोरा अरहान खान १९ वर्षका भइसकेका छन् । एजेन्सी

प्रकाशित मिति: Feb 4, 2021

प्रतिक्रिया दिनुहोस्