Logo
३१ बैशाख २०८१, सोमबार
(February 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री अनुष्काले गरीन् छोरीको पहिलो फोटो र नाम सार्वजनिक

बलिउड अभिनेत्री अनुष्का शर्माले पहिलो पल्ट आफ्नी नवजात छोरीको फोटो सार्वजनिक गरेकी छिन् ।३२ वर्षकी अनुष्काले गत जनवरी ११ तारिखमा छोरीलाई जन्म दिएकी हुन् ।

उनले सियर गरेको यो तस्बिरमा अनुष्का र विराट कोहलीले छोरीलाई हेरेर मुस्कुराइरहेको देख्न सकिन्छ ।अनुष्काले आफ्नो पोस्टमा छोरीको नाम पनि सार्वजनिक गरेकी छिन् । साथै उनले शुभकामना दिने सबैलाई धन्यवादसमेत व्यक्त गरेकी छिन् । उक्त फोटोमा कोहलीले लेखेका छन्, ‘मेरो पूरा संसार एउटै फ्रेममा ।’

अनुष्काले क्याप्सनमा लेखेकी छिन्, ‘हामी प्रेम र आभारसहित बसिरहेका छौं तर सानी वामिकाले हामीलाई भिन्न स्तरमा ल्याइदिएकी छिन् । आँसु, हाँसो, चिन्ता परम सुख।। यी सबै भावनाको अनुभव हामीले एक पलमा नै गर्यौं । हाम्रो निद्रा गायब छ तर मुटु भरिएको छ । तपाईंहरु सबैको प्रार्थनाका लागि धन्यवाद ।’

विराटले सोसल मिडियामा यसबारे जानकारी दिएका थिए । साथै आफ्ना प्रशंसकलाई निजताको सम्मान गरिदिन अपिलसमेत गरेका थिए ।

विराट र अनुष्काले पापाराजीलाई उनीहरुको छोरीको फोटो नखिचिदिन अपिलसमेत गरेका थिए ।

 

प्रकाशित मिति: Feb 2, 2021

प्रतिक्रिया दिनुहोस्