Logo
३१ बैशाख २०८१, सोमबार
(February 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सलमान खानको कारण बलिउडमा सफल भए यी कलाकार !

बलिउड अभिनेता सलमान खान बलिउडका सुपरस्टार भनेर चिनिन्छन् । बलिउडको सुपरस्टार भएपनि उनी बेलाबेलामा विवादमा पनि तानिने गर्छन् । यद्पि उनलाई बलिउडका सुपरस्टार भनेर सबैले मान्ने गर्छन् ।

उनको अभिनय रहेको थपुै फिल्महरुले राम्रो नाम र दाम कमाउन सफल भएको छ । यिनै सुपरस्टार भनेर चिनिने सलमानले धेरैको जीवनमा ठूलो परिवर्तन ल्याइदिएका छन् ।

उनले थुप्रै नयाँ अनुहारलाई बलिउडमा स्थापित पनि गरिदिएका छन् । उनले सुपरस्टार ऋतिक रोशन, केट्रिनादेखि डेजी शाहसम्मलाई बलिउडमा ल्याएर सफल बनाएका थिए ।

आज हामी तपाइलाई उनले बलिउडमा स्थापित गरिदिएका केही कलाकाको बारेमा चर्चा गरौँ ।

अर्जुन कपूर

अर्जुनलाई पनि सलमान खानले नै बलिउडमा आउन उत्प्रेरित गरेका थिए । उनले अर्जुनको करियर बनाउन पनि निकै मेहनत गरे । उनले अर्जुनको शरीर सुगठित पार्न पनि निकै मेहनत गरे ।

ऋतिक रोशन

बलिउडमा सुपरस्टार बनेका ऋतिक रोशनलाई यस उद्योगमा स्थापित गर्नका लागि सलमान खानले निकै कोसिस गरेका थिए । जसको कारण आजसम्म पनि ऋतिक रोशनलाई सलमान खानलाई धन्यवाद दिइरहन्छन् ।

जरिन खान
आफ्नो फिल्म वीरुमा नयाँ अनुहारको रुपमा सलमानले जरिनलाई लिएका थिए । सलमानले वीर फिल्मको कथा आफैले लेखेका थिए ।

डेजी शाह
सलमान खानको ‘होम प्रोडक्सन’ ‘जय हो’ मा नयाँ अनुहारको रुपमा डेजी शाहलाई लिइएको थियो । डेजी उक्त फिल्मबाट निकै चर्चित बनिन् ।

हिमेश रेशमिया
हिमेशलाई पनि सलमान खानले नै बलिउडमा ल्याएका थिए । आज उनी हरेकको दिलको धड्कन बन्न सफल भएका छन् ।एजेन्सी

प्रकाशित मिति: Feb 1, 2021

प्रतिक्रिया दिनुहोस्