Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउड अभिनेता धवन र नताशा दलाल आज विवाह बन्धनमा बाँधिदैँ

बलिउड अभिनेता वरुण धवन र नताशा दलाल आज विवाह बन्धनमा बाँधिदै छन् ।

विवाह अघि उनीहरुका प्रि-वेडिङ कार्यक्रमका खबर बी डाउनदेखि प्रशंसकबीच पनि निकै चर्चामा छ । उनीहरुले विवाहका लागि जुन भवन बुक गरेका छन् त्यो निकै आलिशान र महँगो छ ।

रिपोर्टका अनुसार एक रातको उक्त भवन बुकिङका लागि ४ लाख भारु पर्छ ।यस्तै, यी दुई बीचको सम्बन्धको कुरा गर्नुपर्दा यी दुईले निकै लामो समयदेखि एक-अर्कालाई डेट गरिरहेका छन् । यी दुई सहपाठी पनि हुन् ।

हालै करिना कपुरको च्याट शो ह्वाट वुमन वान्टमा वरुणले नताशासँग आफ्नो पहिलो भेटघाटबारे खुलासा गरेका थिए ।

अब कुरा गरौं नताशा दलालको जोसँग बलिउड स्टर वरुण धवनले विवाह गर्दैछन् ।नताशा दलाल मुम्बईकी फेसन डिजाइनर हुन् ।

उनले फेसन इन्स्टिट्युट अफ टेक्नोलोजी, न्यूयोर्कबाट फेसन डिजाइनिङको कोर्स गरेकी हुन् । सन् २०१३ मा उनी भारत फिर्ता भएकी थिइन् ।

भारत आएपछि उनले आफ्नै डिजाइन हाउस खोलिन् । उनको यो फेसन डिजाइन हाउसको नाम नताशा दलाल लेबल हो ।

उनको यो लेबल ब्राइडल र वेडिङ आउटफिटका लागि चर्चित छ । वरुणले दिएको जानकारी अनुसार नताशासँग उनको पहिलो भेट स्कूलको ६ कक्षामा भएको थियो ।

यी दुई थुप्रै वर्षसम्म साथी रहे । पछि उनीहरुले एक अर्कालाई डेट गर्न सुरु गरे ।वरुण र नताशाले थुप्रै समयसम्म आफ्नो सम्बन्धलाई गोप्य राखेका थिए ।

यसको एउटा कारण यो हो कि नताशालाई लाइमलाइटमा आउन मन लाग्दैन । यी दुईलाई सँगै निकै कमै मात्रामा बाहिर देखियो ।

दुई वर्ष अघि वरुणले इन्स्टाग्राममा नताशाका लागि आफ्नो प्रेम र लगाव व्यक्त गरेका थिए । उनले नताशालाई जन्मदिनको शुभकामना दिँदै उनीसँगको फोटो सेयर गरेका थिए ।

 

प्रकाशित मिति: Jan 24, 2021

प्रतिक्रिया दिनुहोस्