Logo
२६ बैशाख २०८१, बुधबार
(January 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोबाइलबाटै अब आफ्नो नागरिकताको विवरण सच्याउन मिल्ने

मोबाइलबाटै अब आफ्नो नागरिकताको विवरण सच्याउन मिल्ने भएको छ ।

नागरिक आफैले आफ्नो नागरिकताको विवरण सच्याउन मिल्ने सिस्टम विकास गर्ने काम गृह मन्त्रालयले अघि बढाएको हो ।

गएको शुक्रबार सरकारले सार्वजनिक गरेको नागरिक एपमा नागरिकताको विवरण नमिलेको भन्दै धेरै गुनासो आएपछि सरकारले नयाँ सिस्टम बनाउने भएको छ ।

नागरिक एपमा धेरै सेवाग्राहीको नागरिकता नम्बर, नाम, लिंग लगायतका विवरण मेल नखाएर समस्या देखिएको छ ।

यसैलाई मध्यनजर गर्दै सरकारले नै आफ्नै छुट्टै अनलाइन प्रणाली विकास गर्न लागेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार अबको केही समयभित्रै यो सिस्टम सञ्चालनमा आउने गरी काम अघि बढाइएको छ ।उक्त सिस्टम बनेसँगै सेवाग्राहीले मोबाइलमार्फत नै नागरिकताको विवरण नमिलेको खण्डमा सच्याउनका लागि आवेदन दिन सक्नेछन् ।

उक्त आवेदनका आधारमा मन्त्रालयले आफ्नो सिस्टममा रहेको डेटा तथा जिल्ला प्रशासन कार्यलयमा बुझाएको कागजातको अध्ययन गरी आवश्यक परिमार्जनको काम गर्नेछ ।

त्यो हुँदा सेवाग्राही नागरिकतामा भएको त्रुटि सच्याउन जिल्ला प्रशासन कार्यालय पुग्नुपर्ने वाध्यता पनि रहने छैन ।

प्रकाशित मिति: Jan 21, 2021

प्रतिक्रिया दिनुहोस्