Logo
१३ बैशाख २०८१, बिहीबार
(January 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोखरामा जीप दुर्घटना हुदाँ दुई जनाको मृत्यु, सात घाइते

गण्डकी प्रदेश स्थित कास्कीको पोखरा नगरपालिकास्थित याम्दीमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

पोखरा-बाग्लङ राजमार्गमा शनिबार साँझ भएको उक्त जीप दुर्घटनामा परी दुईको मृत्यु हुनुका साथै सात जना घाइते भएका छन् ।

दुर्घटनामा पोखरा महानगरपालिका-१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिए ।

प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चित्रको मणिपाल अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

जीपमा नौ जना सवार रहेकामा घाइतेको हाल सहारा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले बताए ।
पोखरा-२५ हेमजाबाट पोखराबजारतर्फ आउँदै गरेको बा२च ७४१० नंको जीप राजमार्गको याम्दीमा सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।

जीप अनियन्त्रित भएपछि सडकबाट अन्दाजी २५ मिटर तल खसेको बताइन्छ ।

प्रकाशित मिति: Jan 17, 2021

प्रतिक्रिया दिनुहोस्