Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कसैको कल रेकर्ड गर्नु फौजदारी अन्तरगतको अपराध : प्राधिकरण

हिजोआज स्मार्ट फोनको बिस्तारसँगै अधिकांसले सिधै कसैको कल रेकर्ड गर्नेगरेको पाइएको छ । तर यो कार्य गर्नु फौजदारी अन्तरगतको अपराध गर्नु हो ।

दुरसञ्चार प्राधिकरणका अनुसर टेलिफोनमा गरिएको संवाद नितान्त ब्यक्तिगत अन्तरगत मानिन्छ भने कसैको फोन रेकर्ड गर्दा पुर्व अनुमती लिनुपर्ने हुन्छ ।

कसैले बिना अनुमती मेरो फोन रेकर्ड गरेको उजुरी गरेमा सम्बन्धित ब्यक्तीलाई फौजदारी कसुर अन्तरगत मुद्दा लाग्ने छ । कानून अनुसार कल रेकर्डलाई कानूनी प्रमाण पनि मानिदैन भने फोन संवादलाई प्रमाणको रुपमा पेश गर्नु थप अपराध हो ।

तर कल डिटेल्सलाई भने कानूनी प्रमानको रुपमा मान्यता दिइएको छ । प्रधिकरणका एक जना अधिकारी भन्छन् कलडिटेल्स भनेको कसलै कहाँ फोन गर्यो, कति समय कनेक्ट रहयो, कहाँबाट फोन कहाँ गयो त्यो मात्र हो फोनमा संवाद के के भयो त्यो भने रेकर्ड गर्ने अधिकार कसैलाई छैन

प्रकाशित मिति: Jan 16, 2021

प्रतिक्रिया दिनुहोस्