Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 1, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२०८३ साल चैत मसान्तभित्रै फास्ट ट्र्याकको काम सकिन्छ : रक्षामन्त्री

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौं-निजगढ फास्ट ट्रयाक निर्माणको काम २०८३ साल चैत मसान्तभित्र फास्ट ट्र्याकको काम सकिने बताएका छन् ।

आयोजनाको अपेक्षित लक्ष्य हासिल हुन नसकेको भएता पनि २०८३ साल चैत मसान्तभित्र काम सकिने उनको विश्वास छ ।

‘‘भौतिक प्रगगति ३०.९६ प्रतिशत हासिल भइसकेकोले २०८३ साल चैत मसान्तभित्रै निर्माण सम्पन्न हुने कुरामा म आश्वास्त पार्न चाहन्छु’ शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले भनेका छन् ।

यसअघि राष्ट्रिय सभामा सांसदहरुले फास्ट ट्र्याकको काम अपेक्षित गतिमा अगाडि बढ्न नसकेको भनी जवाफ मागेका थिए । जवाफमा उनले विविध समस्याका कारण अपेक्षित लक्ष्य हासिल गर्न नसकिएको स्वीकार गरे ।

प्रकाशित मिति: Mar 1, 2024

प्रतिक्रिया दिनुहोस्