Logo
२७ बैशाख २०८१, बिहीबार
(December 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अघोषित नाकाबन्दीले चीनसँगको व्यापारिक सम्बन्ध कमजोर बन्दै

चीनबाट लामोसमयदेखि समानहरु आउन सकेको छैन । नाकाहरु अहिले सहज रहेपनि चीनले अघोषित रुपमा नाकाबन्दी गर्दा चीनसँगको व्यापारिक सम्बन्ध नै अति कमजोर बन्दै गएको छ ।

चार वर्षअघि अर्थात् आव २०७४/७५ को पहिलो पाँच महिना (साउनदेखि मंसिर)मा नेपालले चीनमा १ अर्ब ७७ करोड रुपैयाँको सामान पठाएको थियो ।

चालू आवको साउनदेखि मंसिरसम्ममा भने त्यसको तुलनामा ४ सय ६५ प्रतिशतले गिरावट आएको छ । यो अवधिमा नेपालमा उत्पादित सामान चीनमा ३८ करोड रुपैयाँको मात्रै निर्यात भएको छ ।

पछिल्लो चार वर्षको यही अवधिमा नेपालको निर्यात व्यापार भने ४० प्रतिशतले बढेको छ । समग्र निर्यात ४० प्रतिशतले बढ्दा चीनसँग ४ सय ६५ प्रतिशतले घट्नुले चीनसँगको निर्यात गणना शून्यतर्फ देखिन थालेको संकेत गर्छ ।

यो अवधिमा नेपालले ५० अर्ब ५ करोडको सामान विदेशी बजारमा पठाउँदा जम्मा चीनमा ३८ करोड अर्थात् ०.७५ प्रतिशत मात्रै पठाएको छ । जबकि भारतको हिस्सा ६८ प्रतिशत छ भने अमेरिकाको हिस्सा १० प्रतशित देखिएको छ । चीनसँग नेपालको निर्यात व्यापार निरनतर घट्दो क्रममा देखिएको छ ।

निर्यात मात्रै होइन चीनसँग आयात पनि घट्दो देखिएको छ । आव २०७३/७४ को पहिलो पाँच महिनामा नेपालले चीनबाट ८८ अर्ब रुपैयाँको सामान आयात गरेकोमा यो अवधिमा १२ प्रतिशतले घटेको छ । चालू वर्षको पाँच महिनामा जम्ममा ७७ अर्ब रुपैयाँको सामान चीनबाट आयात भएको छ । समग्र आयात व्यापारमा चीनको हिस्सा १४ प्रतिशत रहेको छ । निर्यातको तुलनामा आयातको हिस्सा उल्लेखनीय देखिए पनि चीनसँगको आयत पनि घट्दो क्रममा देखिएको छ ।

प्रकाशित मिति: Dec 27, 2020

प्रतिक्रिया दिनुहोस्