Logo
७ जेष्ठ २०८१, सोमबार
(May 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालमन्दिर जग्गा प्रकरण : विशाल ग्रुपका सदस्यहरूविरुद्ध पनि पक्राउ पुर्जी जारी

२७ वैशाख, काठमाडौं । नक्सालस्थित बालमन्दिर जग्गा विवादको विषयमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

बालमन्दिरकी तत्कालीन अध्यक्ष रिता सिंह, पूर्वपदाधिकारीहरू तुलसीनारायण सिंह, गणेशभक्त श्रेष्ठ, सुमन शाक्य, कृष्णशंकर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

त्यस्तै गोपाल श्रेष्ठ, प्रचण्डराज प्रधान, रामकाजी कोने, योगेन्द्रबहादुर शाही, दिपकदास श्रेष्ठ लाई पनि पक्राउ गर्न पुर्जी जारी भएको छ ।

वृहस्पति स्कुलका पूर्वसञ्चालकहरू चिरञ्जीवी तिवारी, प्रविणराज जोशी र मुरारी निधी तिवारीविरुद्ध पक्राउ पुर्जी जारी भएको ।

बालमन्दिरको तर्फबाट आज बिहीबार नै सीआईबीमा जाहेरी परेको थियो । २०२१ सालमा नक्सालस्थित ‘सीता भवन’ अधिग्रहण गरेर सरकारले नेपाल बाल संगठन अर्थात बालमन्दिरका नाममा ११९ रोपनी १२ आना ३ पैसा जग्गा राखेको थियो ।

यो जग्गा प्रकरणबारे सीआईबीले यसअघि पनि सूक्ष्म रूपमा अनुसन्धान अघि बढाएको थियो । सीआईबीको अनुसन्धानमा समेत जग्गा दुरुपयोग गरिएको खुले पनि औपचारिक रूपमा जाहेरी नपरेकाले मुद्दा प्रक्रिया अघि बढेको थिएन ।

 

 

 

प्रकाशित मिति: May 9, 2024

प्रतिक्रिया दिनुहोस्