Logo
१६ बैशाख २०८१, आईतबार
(December 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महिलालाई कस्ता खाले यौन रोग लाग्न सक्छन् ? जान्नुहोस् !

महिलाहरुमा यौन रोग हुनु भनेको सामान्य कुरा हो । महिलाहरुमा पुरुषको तुलनामा यौन रोग हुने सम्भावना बढि हुन्छ । यौन रोगहरुको संक्रमण विशेष रुपमा गोप्य अंग चिलाइरहनु अथवा यूटीआई, गन्हाउनु, सेतो दाग देखिनु, सेतो पानी बग्नु, फङ्गस इन्फेक्शन आदि महिलाहरुमा देखिने सामान्य यौनसंग सम्बन्धित रोगहरु हुन् ।

महिलाहरुमा यौन रोग हुनुको कारण

महिलाहरुमा यौन रोग हुनुको मुख्य कारण असुरक्षित यौनसम्पर्क र यसबारेमा जानकारी नहुनु, इन्जेक्सन र स्तनपान आदि हुन् । यसबाहेक यौन सम्पर्कसंग सम्बन्धित त्यस्ता धेरै कुराहरु जसले यी रोगहरुलाई जन्माउँछ । महिलाहरुमा हुने केही यौन रोगहरुः

क्लेमिडिया

महिलाहरुमा क्लमिडिया रोग क्लेमिडिया ट्रेकोमेटिस नामक जीवाणुबाट हुन्छ । यसका लक्षणहरु निम्न प्रकारका छन् ।

-पिसाव फेर्दा पीडा हुनु

-तल्लो पेट दुख्नु

-भेजिना डिस्चार्ज

-यौन सम्पर्कको बेला हुने पीडा

-महिनावारीको समयमा धेरै रगत बग्नु

गोनोरिया (धातु रोग)

यो रोग ब्याक्टेरियाबाट हुन्छ, जुन शरीरमा तिव्र गतिले फैलन्छ । जसको कारणले घाँटी, मुत्रथैली, योनी आदि संक्रमित हुन्छ । यसको मुख्य लक्षणहरु निम्न प्रकारका छन् ।

-योनीबाट रगत बगिरहनु

-पिसाव फेर्दा पीडा हुनु

-लामो समयसम्म रक्त श्राप हुनु

-योनी चिलाइरहनु

स्केबीज

यो रोग यौन सम्बन्ध, एक-अर्काको सम्पर्कका कारण अथवा यो रोगको संक्रमित व्यक्तिको लुगा अथवा ओछ्यानको प्रयोगले पनि सर्न सक्छ । यसको मुख्य लक्षणहरु निम्न प्रकारका छन् ।

-नाडी तथा औंलाको बीचमा दाना आउनु र चिलाउनु

-गुप्ताङ्गको वरिपरि चिलाएर साना-साना दाना निस्कनु

सिफिलिस

ट्रेपेनेमा पेलिडम सिफलिस भाइरस यस संक्रमणको मुख्य कारण हो । महिलाहरुमा यो संक्रमण महिलाको गोप्य अंगको बाहिरी भाग, सर्विक्स र गुद्वारमा हुन्छ । यसका लक्षण निम्न प्रकारका छन् ।

जेनिटल वार्ट

महिलाहरुमा सामान्यतया देखिने यो रोग एचपीवी अथवा हृयूमन पेपिलोमा भाइरस हो । यस रोगमा महिलाको गोप्य अंगमा मुसा (छालामा निस्कने एक प्रकारको फोका) निस्कन्छ । जुन छालाको रंगको नै हुन्छ । यो चिलाउँछ तर छुँदा दुख्दैन । यसले एचपीवी अर्थात पाठेघरको मुखको क्यान्सर हुन सक्ने सम्भावना हुन्छ । यसका लक्षणाहरु निम्न प्रकारका छन् ।

-योनीको माथिल्लो अथवा भित्रि भागमा सर्विक्स र एनसमा दाना निस्कनु,

-महीनावारी हुदा पीडा हुनु ।

-योनी चिलाउनु

-यौनसम्पर्कको समयमा रगत बग्नु

जेनिटल हर्पीज

यो संक्रमणले ग्रसित महिलालाई ज्वरो आउने, थकाइ लाग्ने र ढाडको तल्लो भागमा पीडा हुने र सुन्निने जस्ता समस्या हुन्छ । यो रोगका निम्न प्रकारका लक्षणहरु छन् ।

-गुद्वार, योनी र अन्य क्षेत्रमा स-साना रातो दाना निस्कन्छ । यसको साथै योनी, तिर्घाको वरपर चिलाउनु अथवा दुख्ने हुन्छ ।

ब्याक्टेरियल भेजिनोसिस

जब महिलाको योनी जीवाणु बढ्न थाल्छ, ब्याक्टेरियल भेजिनोसिसको समस्या बढ्न थाल्छ । प्रायः यो रोगले ग्रसित महिलामा कुनै प्रकारको लक्षण देखिँदैन । यसका जीवाणुहरु बढ्दा कुनै किसिमको नोक्सान नहुने भएकोले यसका लक्षणहरु नदेखिएका हुन् । तर पनि कहिलेकाँहि यस रोगका केहि लक्षणहरु उत्पन्न हुन्छ ।

-योनिबाट सेतो पानी अथवा पहेंलो पानी बग्नु

-अत्याधिक गन्हाउनु

-पीसाव फेर्दा पीडा हुनु

-योनीको बाहिरी भागमा चिलाउनु,रातो दाग बस्नु र सुन्निनु ।

केन्डिडा

यो एक किसिमको यिस्टको संक्रमण हो । यो संक्रमणमा पनि प्रारम्भमा कुनै लक्षण देखिंदैन । यसका केहि लक्ष्ँणहरु निम्न प्रकारका छन् ।

-योनीको वरिपरी पोल्नु

-योनी चिलाउनु,रातो हुनु र सुन्निनु

-योनीबाट गाढा गन्हाउने तरल पदार्थ बग्नु

-पीसाव फेर्दा र यौनसम्पर्क राख्दा पिडा हुनु ।

वाटर वाट

यो संक्रमण भाइरसको कारण हुन्छ र छालामा नराम्रो असर गर्छ । यसको लक्षण निम्न प्रकार छन् ।

-पानी भरिएको सानो फोका योनी, गुद्वार,तिर्घामा देखिनु

एक्टोपेरासिटिक

यो संक्रमण साना परजीवी किरा अथवा जुम्राहरुका कारण हुने गर्छ । यसले कपाल र छालालाई प्रभावित गर्छ । यसका निम्न लक्षणहरु हुन्छ ।

-योनी धेरै चिलाउनु र शरीरमा स-साना फोकाहरु देखिनु ।

इम्यूनोडेफिशियेन्सी भाइरस (एचआइभी)

एड्सको कारण उत्पन्न हुने भाइरसलाई एचआईभी भनिन्छ । यो रगत, योनी,स्तनको दुधको माध्यमबाट सर्न सक्छ । यसका निम्न लक्ष्ँणहरु हुन्छन् ।

-मन्द ज्वरो आउनु

-थकाइ लाग्नु

-मांसपेशी दुख्नु

-वजन घट्नु आदि

तपाईंमा यी मध्ये कुनै पनि समस्या देखियो भने तुरुन्त चिकित्सकसंग भेटेर परामर्श लिनु पर्छ ।

प्रकाशित मिति: Dec 22, 2020

प्रतिक्रिया दिनुहोस्