Logo
२४ बैशाख २०८१, सोमबार
(December 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विवाहपञ्चमी महोत्सव : सिता-राम विवाह सम्पन्न, आज रामकलेवा मनाउदैँ

प्राचीन मिथिलाको राजधानी भनेर चिनिने जनकपुर मिथिला सस्कृतिको लागि महत्वपूर्ण मानिन्छ । प्रत्येक बर्ष जनकपुरमा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सव अन्तरगत विवाह सम्पन्न भएको छ ।

प्रत्येक बर्ष राम र जानकीको विवाह मनाउने चलन रहेको छ ।शुक्रवार राति रामसीताको प्रतीकात्मक रुपमा मिथिला परम्पराअनुसार विवाह समपन्न भएको हो ।

जानकी मन्दिर प्राङ्गणमा निर्मित आकर्षक मञ्चमा राम, लक्ष्मण, भरत, शत्रुघ्नको मूर्तिमा विधिवत् पूजापाठ तथा भोजन गराई जन्तीको विदाइ गरिएको हो ।

मिथिलामा बेहुलालाई भोजन गराउँदा मिथलानी महिलाहरूले गीत गाउने चलन छ ।

‘राजा जनकजी के बाग मे अलवेला दुल्हा आयो रे’ ।।,
‘दुल्हा चिन्हीलियौ अपन दुलारी के, के छैत प्राणप्यारी के ना‘’

यस्ता गीतमार्फत बेहुला र जन्तीहरूसँग हाँसो ठट्ठा गर्ने चलन छ । हाँसो ठट्ठाको माध्यम पारम्परिक लोकगीत हुन् ।

रामजानकी विवाह महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुषयज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर, छैठौँ दिन रामजानकी विवाह महोत्सव तथा सातौँ दिन आज रामकलेवा हुनेछ ।

रामकलेवापछि रामजानकी विवाह महोत्सव यसवर्ष विधिवत् रुपमा सम्पन्न हुनेछ ।

प्रकाशित मिति: Dec 20, 2020

प्रतिक्रिया दिनुहोस्