Logo
७ जेष्ठ २०८१, सोमबार
(December 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जान्नुहोस् : अनुहारको चाया-पोतो कसरी हटाउने ? यस्तो छ घरेलु उपचार !

सामान्यतया तपाईको अनुहार र नाकको डाँडीमा आएको कालो दागलाई सामान्य भाषामा भन्दा चाया वा पोतो भन्ने गरिन्छ। यसलाई मेडिकल टर्ममा मेलाज्मा वा कोलाज्मा भनिन्छ।

जुन हर्मोनको गडबडीका कारणले हुन्छ भनी सोचिए पनि चायापोतो आउनुमा गर्भवती मात्र कारण नहुने अध्ययनबाट पत्ता लागेको छ।

विशेष गरी महिलाहरू गर्भवती भएका बेला यस्तो दाग देखापर्ने भएकाले मेडिकल भाषामा यसलाई कोलाज्मा नाम दिइएको हो।छाला रोगसम्बन्धी भएका पछिल्ला अनुसन्धानले चायापोतो घामको किरणका कारण देखापर्ने पत्ता लागेको छ। छालाको तल्लो सतहमा हुने मेलानोसाइट्स भन्ने कोशिकाले मेलानिन भन्ने तत्त्व उत्पादन गर्छ।

\मेलानिन घाम तथा अन्य कृत्रिम प्रकाशमा पनि उत्तिकै सक्रिय हुन्छ। घामको किरण अनुहारमा परेपछि मेलानिन छालाको सतहमा फैलिन थाल्छ। घामले मेलानिनलाई निकै छिटो सक्रिय बनाउँछ।

धेरै कम मानिसमा मात्र घामको किरणले पनि मेलानिन सक्रिय हुँदैन र चायापोतो देखिँदैन। मेलानिन सक्रिय भएर छालाको सतहमा देखिएको अवस्था नै चायापोतो आएको अवस्था हो। जाडो महिनामा घाममा बढी समय बसिने भएकाले यो मौसममा चायापोतो धेरै देखिन्छ।

अनुहारमा चाया अथवा पोतो आउनु सबैभन्दा बढी पिरलो मानिन्छ । अनुहारमा आएको कालो दागलाई सामान्य भाषामा चाया वा पोतो भनिन्छ । यो समस्या महिला र पुरुष दुवैमा देखिन सक्छ ।

विभिन्न कारणले अनुहारमा चाया वा पोतो आउन सक्छ । घामको किरणको असर तथा भिटामिन सीको कमीले पनि चाया-पोतो आउने गर्छ ।

जसले भिटामिन सीको पर्याप्त मात्रामा सेवन गर्छन्, उनीहरूलाई चाया-पोतोले सताउन सक्दैन । कतिपय अवस्थामा भने पेटमा भएको खराबीले पनि अनुहारमा चाया आउने गर्छ । त्यसैले, पानी एकदमै धेरै पिउनुपर्छ ।

बिहान खाली पेटमा पानी पिउनु अझ फाइदाजनक छ । साथै, पेटको समस्या समाधान गर्न डाक्टरसँग सल्लाह लिन सकिन्छ ।
घामको किरणबाट आउने समस्याका कारण अनुहारमा आएको चाया हटाउन घरेलु उपाय अपनाउन सकिन्छ ।

चाया हटाउने घरेलु उपायहरु :

अनुहार मज्जाले धुने वा क्लिन्जिङ गर्ने । पुदिनाको पेस्टमा घरेलु रक्सी अथवा रम दुई वा तीन थोपा राखेर घोल्ने । उक्त पेस्टलाई चाया आएको ठाउँमा प्याक लगाउने । १०–१५ मिनेट राखेपछि सफा चिसोपानीले पखालेमा चाया हराउँछ ।

सफा हुने गरी मुख धुने । घिउकुमारी अनुहारमा लगाएर १०–१५ मिनेट राख्ने । सुकेपछि हात भिजाएर बिस्तारै मसाज गर्ने । करिब पाँच मिनेट मसाज गरेपछि सफा चिसोपानीले पखाल्ने । यो दैनिक दुईपटक गर्नुपर्छ । यसले अनुहारको चाया हटाउन मद्दत मिल्छ ।

दैनिक तीनपटक सफा पानीले अनुहार धोएर सनस्क्रिन क्रिम लगाएमा घामबाट जोगिन सकिन्छ । गोरो छालामा चाया-पोतो आउने सम्भावना बढी हुन्छ । यसर्थ, गोरो छाला भएकाहरू घामबाट जोगिनुपर्छ । बाहिर निस्किनुअघि पेग्मेन्टेसन क्रिम लगाएपछि मात्र अन्य क्रिम लगाउनुपर्छ ।

-स्किन ओइली छ भने बेसार र कागतीको रसको पेस्ट प्याक बनाएर अनुहारमा लगाउन सकिन्छ । तर, स्किन ड्राई छ भने यो नगर्नु ठीक हुन्छ ।

यसरी घरेलु उपचारबाट अनुहारमा आएको चाया-पोतो साइड इफेक्टविना नै हटाउन सकिन्छ । उपचारले मात्र चाया-पोतो हट्न असम्भव हुन सक्छ । यसर्थ, सकेसम्म तनाव व्यवस्थापन गर्नुपर्छ । त्यस्तै, घामबाट बच्न तथा पानी धेरै पिउन जरुरी छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति: Dec 16, 2020

प्रतिक्रिया दिनुहोस्