Logo
३० बैशाख २०८१, आईतबार
(December 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउड अभिनेत्री अनुष्का ‘टप २५’ इन्स्टाग्राम प्रयोगकर्ताको सूचीमा

संसारकै प्रभावशाली ‘टप २५’ इन्स्टाग्राम प्रयोगकर्ताको सूचीमा बलिउड अभिनेत्री अनुष्का शर्मा परेकी छन्।

हाइप अडिटले विश्वका सबैभन्दा बढी प्रभावशाली इन्स्टाग्राम प्रयोगकर्तामा एक हजार जना प्रयोगकर्ताको सूची सार्वजनिक गरेको थियो ।

बलिउड अभिनेत्री अनुष्का शर्मा इन्ष्टाग्राम प्रयोगकर्ताको सूचीमा ‘टप २५’ पर्न सफल भएकी हुन् ।यो सूची प्रयोगकर्ताको फलोअर्स, उनीहरुले राखेको पोस्टको प्रभावकारिता र फलोअर्सको संलग्नताको आधारमा तयार पारिन्छ।

हाइप अडिटरले सार्वजनिक गरेको सूचीमा उनी ‘टप २५’ मा परेकी हुन् । हाइप अडिट तथ्यांक संकलन र त्यसको विश्लेषण गर्ने प्लेटफर्म हो।

हाइप अडिट तथ्यांकअनुसार टप २५ को सूचीमा पहिलो स्थानमा फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो छन्। रोनाल्डको प्रत्येक पोस्टमा ४५ लाखभन्दा बढी अन्य इन्स्टाग्राम प्रयोगकर्ताको संलग्नता पाइएको छ ।

त्यसपछि क्रमशः गायिका कायली जेनर र केन्डल जेनर सूचीमा परेका छन्।त्यस्तै, चौथो स्थानमा फुटबलर लियोनेल मेस्सी तथा पाँचौं स्थानमा गायिका सेलेना गोमेज छिन्।

१०औँ स्थानमा अमेरिकी गायिका बियोन्से परेकी छन् भने अर्की गायिका टेलर स्विफ्ट भने १३औँ स्थानमा छन्।यस्तै भारतीय टिमका कप्तान विराट कोहोली ११औँ स्थानमा छन्।

बलिउडबाट अभिनेत्री कट्रिना केफ र दीपिका पादुकोण भने टप ५० को सूचीमा परेका छन्।अभिनेत्री अनुष्का शर्मा ‘टप २५’ को २४औँ स्थानमा परेकी छन्।

कट्रिना विश्वको सबैभन्दा बढी प्रभावशाली इन्स्टाग्राम प्रयोगकर्ताहरूको सूचीमा ४३ औँ स्थानमा तथा दीपिका ४९औं स्थानमा रहेको हाइप अडिटले उल्लेख गरेको छ।

प्रकाशित मिति: Dec 15, 2020

प्रतिक्रिया दिनुहोस्