Logo
२६ बैशाख २०८१, बुधबार
(December 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारी सेवामा रहेका प्रदेश एकका अशोकले गरे प्रदेश दुईकी पुजासँग आदर्श विवाह !

दाईजोको नाममा सबैभन्दा बढी झमेला हुने प्रदेश मानिएका प्रदेश दुईकी पुजा कुश्वाहासँग प्रदेश एकका अशोक मेहताले आदर्श विवाह गरेका छन् ।
सुनसरी स्थित एक पालिकाका लेखा अधिकृत समेत रहेका देवानगंज गपा २ का अशोकले सर्लाही गोडैता नगरापलिका-३ की पूजाकुमारी कुशवाहासँग दाईजो रहित अर्थात आदर्श विवाह गरेका हुन् ।

पुजा ब्यवस्थापन संकायमा स्नातक तह उतिर्ण विद्यार्थी हुन् भने अशोक इनरुवा नगरपालिकामा कार्यरत छन् ।

सर्लाहीको सदरमुकाम मंलगवामा हिन्दू परम्पराअनुसार उक्त आदर्श विवाह समारोह सम्पन्न भएको हो ।

समाजमा दाइजोको नाममा विकृति फैलिएको भन्दै यसलाई निरुत्साहित गर्न दाईजो नलिई बिहे गरेको मेहताले बताए ।

तराई मधेशका समाजमा खासगरी सरकारी जागिरमा रहेकाहरुले धेरै दाइजो लिने गरेका छन् । भने आमा-बुवाले जोडी र स्तर नमिलेपनि सरकारी जागीरका नाममा जस्तोसुकै केटासँग छोरीको विवाह गर्ने परम्परा बढी रहेका छन् ।

सरकारी सेवामा रहेका मेहताको आदर्श विवाह गर्ने स्वघोषणाले समाजमा सकारात्मक संदेश प्रवाह भएको बेहुलीका मामा सुनिलकुमार कुशवाहाले बताए ।

केटीका आमा-बुवासँग कुनैपनी सामाग्री तथा धन दौलत नलिई गरिने विवाहलाई आदर्श विवाह भनिन्छ ।।

प्रकाशित मिति: Dec 12, 2020

प्रतिक्रिया दिनुहोस्