Logo
२६ बैशाख २०८१, बुधबार
(December 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डिआइजी विश्वराज पोखरेल एआइजीमा बढुवा

हिजो विहिबार बसेको मन्त्रिपरिषदको बैठकले डिआइजी विश्वराज पोखरेललाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको छ ।

उनलाई हिजो साँझ बसेको बैठकले बढुवाको निर्णय गरेको हो ।बढुवाको निर्णयसँगै पोखरेल हालका आइजीपी शैलेश थापा क्षेत्रीपछि आइजीपी बन्ने निश्चितप्रायः भएको छ ।

उनलाई गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिले १५ मंसिरमा एआइजी बढुवामा सिफारिश गरेको थियो । त्यसअघि २७ कात्तिमा सरकारले एआइजीको एक दरबन्दी थप्ने निर्णय गरेको थियो ।

पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक एआइजीमा बढुवा हुनबाट रोक्ने कसरत भएको थियो । बुधवार संसदको राज्य व्यवस्था समितिले गृहमन्त्री रामबहादुर थापा बादलसँग बढुवा सिफारिशबारे जानकारी मागेको थियो ।

समितिकी सभापति शशि श्रेष्ठले एआइजी बढुवाको सिफारिश रोक्न निर्देशन दिएकी थिइन् । पूर्व माओवादीनिकट सांसदहरुले पनि दरबन्दी बढाउने सरकारको निर्णयको कडा आलोचना गरे । त्यसको भोलिपल्टै उनको बढुवा निर्णय भएको छ ।

प्रकाशित मिति: Dec 11, 2020

प्रतिक्रिया दिनुहोस्