Logo
६ जेष्ठ २०८१, आईतबार
(December 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिसो मौसममा दैनिक गुड खानुहोस् ! यस्ता छन् फाइदा

अहिले काठमाडौं लगायत देशभर चिसो बढीरहेको छ । यस्तो मौसममा स्वास्थ्यको ख्याल राख्नु अत्यन्त जरुरी हुन्छ । चिसो मौसममा हामीलाई धेरै सरुवा भाइरलको जोखिम रहेको हुन्छ ।

झन अहिलेको समयमा कोरोना भाइरसको संक्रमण जोखिम कायमै छ सो हामीले एकदमै ख्याल गर्नु पर्छ । सामान्य तया चिसो मौसममा अनेक प्रकारको स्वास्थ्य सम्बन्धी समस्याहरु हुने गर्दछ ।

यस्तो मौसममा ज्वरो आउने, खोकी लाग्ने, हात खुट्टको जोर्नी दुख्ने जस्ता समस्याहरु धेरै हुन्छन् ।यस्तो प्रकारका समस्याबाट छुटकारा पाउनको लागि हामीले दैनिक रुपमा गुड खानु अत्यन्त आवश्यक छ ।

उखुबाट तयार हुने गुड स्वास्थ्यका लागि लाभदायिक मानिन्छ । ऊखुको रसलाई उमालेर सेलाएपछि जमेर ठोस आकारमा गुड तयार हुन्छ । गुडको उपयोग प्राचीनकालदेखि चलिआएको हो।

चिसो मौसममा गुड सेवन गर्दा मानिसको पाचन प्रणाली मात्र ठिक भई सख्खरले शरीरलाई तातोपन समेत प्रदान गर्दछ। गुडमा प्रोटिन, कार्बोहाइडेट, आइरन, भिटामिन बी, क्याल्सियम तथा फस्फोरस जस्ता पौष्टिक तत्व पाइने गर्छ ।

मधुमेहको समस्या भएका मानिसहरुले पनि चिनीको बिकल्पको रुपमा गुडको प्रयोग गर्न सक्छन् ।

यस्ता छन् गुड खानुका फाइदा :

रुघा खोकीबाट बचाउँछ : 

जाडो मौसममा मानिसहरुलाई रुघाखोकी तथा अन्य चिसोमा लाग्ने रोगहरु लाग्ने गर्दछ। सख्खरमा तातोपन बढीहुनुका कारण यसले शरीरको तापक्रम बढाउनुको साथै न्यानोपन प्रदान गर्दछ। त्यसैले जाडो मौसममा दैनिक सख्खरको प्रयोगले चिसोबाट लाग्ने भाइरलहरुबाट बचाउन मद्दत गर्दछ।

हड्डी बलियो बनाउछ

गुडमा धेरै मात्रामा क्याल्सियम, फस्फोरस पाईन्छ । यसले हड्डीलाई बलियो बनाउनको लागि सहयोग गर्दछ । यसलाई दैनिक खादाँ चिसो मौसममा जोर्नीहरु दुख्ने समस्याबाट राहात पाउन सकिन्छ ।

पेटको समस्याबाट छुटकारा

दैनिक रुपमा गुड खाएमा पेटसम्बन्धी समस्याहरु कब्जीएत, ग्याष्टिक तथा अन्य विभिन्न प्रकारका समस्याबाट छुटकारा पाउन सकिन्छ । गुडको एक टुक्रामा अलिकति नुन वा कालो नुन मिसाएर खाएमा सहयोग मिल्छ । यसले गर्दा पाचन प्रणालीले राम्रोसंग काम गर्छ ।

चिसो र यसबाट हुने समस्याबाट बचाउछ

चिसो मौसममा दैनिक गुड खादाँ औषधीको काम गर्दछ । चिसो लागेको अवस्थामा गुडलाई अदुवासंग खाएमा चिसो लाग्नमा बच्न सकिन्छ ।एजेन्सीको सहयोगमा

रगतको मात्रालाई नियन्त्रणमा राख्दछ :

सख्खरमा पाइने म्याग्नेसियमका कारण यसले शरीरको मांसपेशी तथा रक्तकोशीकालाई राहत दिनुका साथै शरीरमा रगतको मात्रालाई समेत नियन्त्रणमा राख्दछ।

फोक्सोको संक्रमण हुनबाट बचाउँदछ : 

चिसो मौसममा मानिसलाई छिट्टै रुघा खोकी लाग्नुका साथै घाँटी तथा फोक्सोमा संक्रमण हुने गर्दछ। नियमितरुपमा सख्खरको सेवनगर्दा यसले यस्ता संक्रमणबाट बचाउनुका साथै रोग प्रतिरोधात्मक क्षमतासमेत वृद्धि गर्दछ।

प्रकाशित मिति: Dec 9, 2020

प्रतिक्रिया दिनुहोस्