Logo
१७ बैशाख २०८१, सोमबार
(December 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तपाईले संकटमाथी विजय प्राप्त गर्न चाणक्यका यी ३ चीजहरूलाई जहिले पनि सम्झनुहोस् !

चाणक्यलाई भारतको सर्वश्रेष्ठ विद्वानहरुमा मान्ने र गन्ने गरिन्छ । चाणक्यको चाणक्य नीतिले कुनै पनि व्यक्तिलाई सफल हुन प्रेरित गर्ने गर्दछ।

चाणक्यको शिक्षा र भनेका कुराहरु आजको समयमा पनि समयसान्र्दभिक रहेको ले यति धेरै वर्ष पछि पनि चाणक्य नीति लोकप्रिय रहेको छ ।

चाणक्यका अनुसार हामी सबैले जीवनमा संकटहरूको सामना गर्नुपर्दछ। चाणक्य विश्वास गर्दछन् कि जीवनमा रात र दिनको जस्तो संकट पनि मानिसको जीवनमा उस्तै रहेको हुन्छ् भनेर बताउने गर्छन् ।

चाणक्य भन्छन् कि दिनदिनै यस्तै, उज्यालो आउँछ, त्यसरी नै संकटको पछि खुसी आउने गर्छ । संकटले कुनै पनि व्यक्तिलाई क्षमता विकास गर्ने कार्य गर्छ ।

जसरी सुनले आगोमा जलाएर यसको चमक प्राप्त गर्दछ, त्यसरी नै, मानव पनि अझ राम्रो हुनको लागि संकटले राम्रो बन्नको लागि प्रेरित गर्छ ।

त्यसैले संकटबाट कोही पनि आतिनु हुदैन् । हामीले संकटको समाना डटेर गनु पर्छ र बरु के गर्ने भनेर सोच्न जरुरी पर्दछ । आफूलाई संकट प्रर्यो भने जहिले पनि तपाईले चाणक्यको यी चीजहरू जहिले पनि याद राख्नुपर्दछ ।

संकटमा आफ्नो र पराइ छुट्याउन सहयोग गर्छ
चाणक्यका अनुसार जब मानिसलाई संकट पर्छ तव मात्र उसले आफ्नो र पराईलाई चिन्न सक्छ । जब कुनै व्यतिको जीवनमा ठूलो संकट आउँदैन उसलाई जीवनका धेरै पक्ष थाहा हुँदैन ।

संकटको समयमा को व्यक्तिलाई सही र गलत, वास्तविक र नक्कली भनेर चिन्न सकिन्छ । चाणक्य भन्छन् कि जो मानिसहरू संकटको समयमासँगै उभिन्छन् तिनीहरू साँच्चिकै मित्र र आफन्त हुन्। जो संकटको समयमा छोडछन् तिनीहरू न त साँचो मित्र हुन्छन् न त साँचो आफन्त हुन्छन्।

धैर्य नगुमाउनुहोस्

चाणक्यका अनुसार हामीले संकटमा कहिले पनि धैर्यता गुमाउनु हुँदैन। जो मानिस आफूलाई कठिनाइ र दुःखको बेलामा घुँडा टेक्दछ उसलाई चिन्ताले ग्रस्त पार्ने गर्छ । संकटमा हामीले कहिलै पनि धर्य गुमाउनु हुदैन किनकी धैरेले नै मानिसलाई समाल्ने गर्छ ।

अर्कोतर्फ जो व्यक्ति संकटको समाना डटेर गर्छन् उसले कहिलै पनि धैर्यलाई गुमाउदैन र उसले संकटमाथी विजय प्राप्त गर्छ । समाजले त्यस्ता व्यक्तिलाई आदरको साथ देख्दछ। त्यस्ता व्यक्तिहरू अरूका लागि प्रेरणाको रूपमा लिने गर्छन् ।

संकटको समयमा दिने सहयोगलाई कहिल्यै नबिर्सनुहोस्

चाणक्य नीतिका अनुसार जसले संकटको समयमा साथ दिन्छ र सहयोग गर्छ त्यसलाई विर्सनु हुदैन । जसले आफ्नो नराम्रो समयमा समर्थन गर्ने, सहयोग गर्नेहरूलाई हामीले कहिल्यै बिर्सनुहुन्न।

जसले खराब समयमा उनीहरूको समर्थनमा बिर्सन्छन्, समय आउँदा उनीहरू धेरै कष्ट दिन्छन्। आफन्तहरूले पनि त्यस्ता व्यक्तिहरूलाई समस्याको बेलामा छोडिदिन्छन्।एजेन्सी

 

प्रकाशित मिति: Dec 8, 2020

प्रतिक्रिया दिनुहोस्